‘नेपहपको श्रीपेच’ का विजेतालाई नयाँ मुकुट

Read Time = 1 min

काठमाडौं । र्‍याप रियालिटी शो ‘नेपहपको श्रीपेच’ का विजेता साइमन विष्ट (भाइबर साइमन) लाई नयाँ श्रीपेच (मुकुट) प्रदान गरिएको छ । आयोजकले मंगलबार एक कार्यक्रम गर्दै नयाँ मुकुट प्रदान गरेको हो ।

शोका जजसमेत रहनु भएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ले विजेता विष्टलाई नयाँ मुकुट प्रदान गर्नुभयो । यसअघि प्रदान गरिएको मुकुटको विषयमा बौद्ध धर्मगुरुले आपत्ति जनाएपछि मुकुट फिर्ता गरिएको थियो । अहिलेको मुकुट पञ्चधातुबाट बनाइएको छ ।

अन्तर्राष्ट्रिय हिपहपहरूले पनि लगाउने र यसलाई इन्टरनेटमा हेरेर डिजाइन गरिएको शोका निर्माता रोशन पोखरेलले जानकारी दिनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?