चलचित्र ‘म’को ट्रेलर सार्वजनिक

Read Time = 1 min

काठमाडौं । चलचित्र ‘म’को ट्रेलर सार्वजनिक गरिएको छ । सुवर्ण थापा निर्देशित चलचित्रको सार्वजनिक उक्त ट्रेलरमा अस्पतालमा भर्ना भएको एक बिरामीले त्यहाँबाट गर्ने आपराधिक योजनालाई देखाइएको छ ।

कान्तिपुर फिल्म एकेडेमीले निर्माण गरेको यो चलचित्रमा एकेडेमीका विद्यार्थी सञ्जोग रसाइली मुख्य भूमिकामा हुनुहुन्छ । यो उहाँको डेब्यु चलचित्र हो । चलचित्रमा अभिनेता सरोज खनालको पनि मुख्य भूमिका रहेको छ ।

चलचित्रमा निशा अधिकारी चिकित्सक, रुविना थापा नर्स, नीराजन प्रधान प्रहरी अधिकृत, नरेन खड्का ग्याङस्टर भूमिकामा प्रस्तुत हुनुहुन्छ ।

चलचित्रमा विमला हुमागाईं र पदम पुरीको लगानी रहेको छ भने प्रकाश पुरीको कथा रहेको छ । बनिष शाहको सम्पादन रहेको यो चलचित्र यही साउन २० गतेबाट प्रदर्शन हुने तयारीमा छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?