सप्तरीका विभिन्न सरकारी तथा सार्वजनिक स्थलका पर्खालहरूमा मिथिला चित्रकला

हिमालय टाइम्स
Read Time = 3 mins

अनिल पोख्रेल/हिटा
राजविराज । अहिले सप्तरीस्थित विभिन्न सरकारी तथा सार्वजनिक स्थलका पर्खालहरूमा मिथिला चित्रकला कोरिदै छ । यसैक्रममा राजविराजस्थित भूमिसुधार तथा मालपोत कार्यालयको पर्खालमा भगवान् राम र सीताका चित्र बनाएर आकर्षक रूपमा सजाउन थालिएको छ । ९० मिटर लामो पर्खालका भित्तामा बनाइएका देवी देवताका कलात्मक र सन्देशमूलक मिथिला चित्रकला अहिले सबैको आकर्षणको केन्द्र बनेको छ ।

सीताको जन्म, विवाह र बिदाइका दृश्यका साथै भगवान् शिव र राधाकृष्ण लगायतका देवी देवताका आकर्षक मिथिला चित्र बनाइँदै छ । सो कोरिएको कला हेर्न अहिले भिड लाग्ने गरेको छ । मिथिला थिग्ंस जनकपुरकी पुनम कर्ण, रश्मि कर्ण, पुनम दत्त, सुखी कर्ण, अञ्जली साह लगायतको टोलीले विगत १५ दिनदेखि रंग र कुची समाएर चित्रलाई अन्तिम रूप दिने तयारीमा हुनुहुन्छ ।

मधेश प्रदेशमा अहिले विभिन्न कार्यालय, विद्यालय र स्थानीय तहमा मिथिला संस्कृति झल्किने मिथिला चित्रकलाको माँग बढ्दै गएकाले आफूलाई उत्साहित बनाएको मिथिला चित्रकलाकर्मी अञ्जली बताउहुन्छ । धार्मिक परम्परा र संस्कृतिलाई जोगाउनुका साथै सरसफाइलाई दृष्टिगत गरी कार्यालय परिसर क्षेत्रलाई मिथिला कलामार्फत देवी देवताको चित्रले सजाइएको कार्यालय प्रमुख दीपेन्द्रकुमार झाले जानकारी दिँदै उहाँले यस कार्यका लागि शम्भुनाथ नगरपालिकाले सहयोग जुटाइदिएको बताउनुभएको छ ।

उहाँले कार्यालयको बाहिरी सजावटसँगै आन्तरिक सुधार र सेवासुविधा चुस्तदुरुस्त बनाउन पनि आवश्यक काम थालिएको बताउनुभयो । प्रत्येक फाँटमा सिसी क्यामेरा जडान गरी निगरानी थालिएको तथा बिचौलिया प्रवेशमा कडाइ गरिएको उहाँको दाबी छ ।

उहाँले सेवाग्राहीको चाप हेरेर राजविराज नगरपालिका र खडक नगरपालिकाको सहयोग जुटाई विश्राम कक्ष र सेवाग्राहीहरूलाई बस्नका लागि आवश्यक आवश्यक टेबुल कुर्सीको व्यवस्था पनि मिलाइएको जानकारी दिनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?