‘कालो बादल’ निर्माण हुने

Read Time = 3 mins

काठमाडौं । वेभसिरिज ‘कालो बादल’ निर्माण हुने भएको छ । शुक्रबार काठमाडौंको भद्रकाली मन्दिर परिसरमा यसको शुभमुहूर्त गरिएको हो । बिफोर मिडिया र ब्ल्याक आइजको संयुक्त ब्यानरमा यो वेभसिरिज निर्माण हुन लागेको हो ।

सिरियलका लेखक तथा निर्देशक लक्ष्मीनाथ तिमिल्सिनाले अहिलेको सामाजिक परिवेशलाई समेटेर तयार पारिएको कथावस्तुमा सबै काला वस्तुहरू नकारात्मक प्रभाव पार्ने मात्र नभई धर्तीका लागि वरदान पनि साबित हुनसक्छ, कालो बादलले विनाशमात्र निम्त्याउने नभई नयाँ सिर्जनाको वातावरण पनि निर्माण गर्छ भन्ने सन्देश सिरियलले दिने बताउनुभयो ।

पञ्चकन्याद्वारा पूजा गरी सुरु गरिएको शुभसाइत कार्यक्रममा कलाकार निर्देशक शुभास गजुरेलले नरिवल फुटाएर साइत गर्नुभएको थियो भने कलाकार उत्तम केसीले मुहूर्तको सर्ट निर्देशन गर्नुभएको थियो ।

नवनायिका लक्ष्मी गौतमले अभिनय गर्नुभएको उक्त कार्यक्रममा सिरियलका अन्य कलाकारहरू नायक अर्जुन थापा, नायिका सविता खड्का, नायिका प्रीतिका शर्मा, भगत शाह, कृष्णभक्त महर्जन, मुकुन्द मैनाली, दीपक अधिकारी, गायत्री पाण्डे, रचना पौडेल, उत्सव केसी, सुपा खनाल, समिता रिजाल, चण्डिकाराज बस्नेत, प्रेम शर्मा पौडेल र बालकलाकार ग्रिष्मा रेग्मीको उपस्थिति थियो ।

ज्ञानकुमार कट्टेलको छायांकन रहने उक्त सिरियलमा प्रेम शर्मा पौडेलको सम्पादन, गायत्री पाण्डेको शृंगार रहेको छ भने शम्भु गौतम सहायक निर्देशक रहने जनाइएको छ । दुई नायक र अन्य कलाकारहरू छनोट हुन बाँकी रहेको यो सिरियल साउन १५ गतेदेखि छायांकनमा जाने निर्देशक तिमिल्सिनाले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?