दिपेन्द्र र प्रतिज्ञालाई स्वर्ण

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । विश्व तेक्वान्दो कल्चर एक्स्पोको १५औँ संस्करणको सिनियर पुरुष ८० केजीमाथिको तौल समूहमा दिपेन्द्रबहादुर नेपालीले भारतलाई पराजित गर्दै स्वर्ण पदक जित्नुभएको छ । दिपेन्द्रले पुम्से विधामा पनि स्वर्ण जित्नुभयो । प्रतिज्ञा भण्डारीले पनि दोहोरो स्वर्ण जित्नुभयो । प्रतिज्ञाले ७० केजीमाथि फाइनलमा इजिप्टका खेलाडीलाई हराउँदै स्वर्ण हात पार्नुभयो । प्रतिज्ञाले अर्को स्वर्ण पुम्से विधामा हासिल गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?