जंगली च्याउ खाँदा ११ जना बिरामी, चारजना गम्भीर

हिमालय टाइम्स
Read Time = 1 min

रसुवा । उत्तरी रसुवाको पुरानो तातोपानी क्षेत्रमा जंगली च्याउ खाँदा ११ जना बिरामी भएका छन् ।

जंगली रातो च्याउ खाई बिरामी परेका ११ जनामध्ये चार जना गम्भीर रहेको जिल्ला अस्पताल धुञ्चेका मेडिकल अधिकृत डा. निरज फोजुले जानकारी दिनुभएको छ ।

उनीहरूलाई थप उपचारार्थ त्रिशुली अस्पताल रिफर गरिएको छ ।

उपचारका लागि बुधबार अपराह्न अस्पताल आएका बिरामी लम्जुङ तथा रसुवाका रहेको बताइएको छ ।

तरकारीको रूपमा उपयोग गरिने पहिचान नभएका च्याउलगायत कुनै पनि चीज नखान चिकित्सकले सबैमा अनुरोध गरेका छन् । तर दैनिक जसो जंगली च्याउका कारण सर्वसाधारण गम्भीरदेखि मृत्युको मुखमासम्म पुग्ने गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?