‘मिस युनिभर्स नेपाल’ को प्रतिस्पर्धामा २० सुन्दरी

Read Time = 3 mins

काठमाडौं । ‘मिस युनिभर्स नेपाल’का लागि अन्तिम प्रतिस्पर्धामा २० जना युवतीहरूले प्रतिस्पर्धा गर्ने भएका छन् । अगष्टको २५ तारिखमा काठमाडौंमा आयोजना हुनलागेको यस प्रतियोगिताबारे जानकारी दिने उद्देश्यले काठमाडौंको याक एण्ड यती होटलमा आइतबार कार्यक्रमको आयोजना गरिएको थियो ।

निर्देशक नग्मा श्रेष्ठका अनुसार कार्यक्रममा २० जना प्रतिस्पर्धीले रातो कार्पेटमा हिँडेका थिए । उहाँहरूले आफ्नो परिचय मिडिया र उपस्थित पाहुनालाई दिँदै रातो कार्पेटमा क्वाटवाक गर्नुभयो । निर्देशक श्रेष्ठले आउँदो वर्षदेखि भने यो प्रतियोगितामा विवाहित, गर्भवती र आमा भइसकेका तथा सम्बन्ध विच्छेद गरेका महिलाले सहभागिता जनाउन पाउने बताउनुभयो । उहाँले भन्नुभयो, ‘मैले सधैं नै मिस युनिभर्सलाई मन पराउनुको एउटै कारण भनेको यसमा लागू हुने समावेशीता हो । आउँदो वर्षदेखि लागू हुने गरी गरिएको परिवर्तन साहसी, सशक्त र सुन्दर नेपाली महिलाहरूका लागि लागू हुनेमा विश्वास लिएकी छु ।’

उत्कृष्ट २० मध्ये सोसल इम्प्याक्टर लिडर विधाको विजेता र पिपुल च्वाइस अवार्डको विजेताले उत्कृष्ट १० मा सोझै प्रतिस्पर्धा गर्न पाउनेछन् । यसवर्षको ‘मिस युनिभर्स नेपाल’को विजेताले १० लाख रुपैयाँ र इलेक्ट्रिक स्कुटर प्राप्त गर्ने जानकारी दिइयो । यस्तै, विजेताले ७१औं शृंखलाको ‘मिस युनिभर्स’मा समेत भाग लिन पाउनेछन् ।

यसवर्षको ‘मिस युनिभर्स नेपाल’मा विपना अधिकारी, दीक्षा खाती, आकृति मानन्धर, सामना कार्की, प्रियांशु महत्त, श्रृष्टि हाडा, जाश्मिन खड्का, मोनिका चौधरी, अनु अनमोल क्षेत्री, श्रृष्टि तामाङ, मोनालिजा पराजुली, रिजु खड्का, डाक्टर आयुष्नोभा ढुंगाना क्षेत्री, मेनुका चौधरी, सोफिया भुजेल, रजनी मिश्रा, रुप्सी श्रेष्ठ, प्रतिभा महर्जन र आश्मा केसी सहभागी हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?