माओवादीको स्थायी समिति बैठक आज पनि बस्‍दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्ने भएको छ ।

पाँच दलीय गठबन्धनमा सिट बाँडफाँट तथा त्यसमा माओवादीको दावेदारीलगायतका बिषयमा छलफल गर्नका लागि माओवादीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक मंगलबारबाट सुरु भएको हो ।

मंगलबारको बैठकले नेपाल समाजवादी पार्टीका संयोजक डा. बाबुराम भट्टराई र बामदेव गौतमसहित उहाँका समूहलाई गोलाकारभित्रको हसिँया हथौडावा निर्वाचन लड्न स्विकृत प्रदान गरेको थियो ।

माओवादी केन्द्रले निर्वाचनको लागि घोषणापत्र तयार गर्न नेपाल समाजवादी पार्टीका नेतासहितको एक समिति बनाउने तयारी गरिरहेको छ। यस विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ।

बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा केहीबेरमा शुरु हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?