पिपुल्स पावरको सेयर बाँडफाँट

Read Time = 2 mins

काठमाडौं । पिपुल्स पावर लिमिटेडको प्राथमिक सेयर बाँडफाँट भएको छ । पिपुल्स पावरको प्राथमिक सेयरको निष्कासनमा आवेदन दिने १६ लाख ३१ हजार ३८ वटा आवेदनमध्ये दोहोरो आवेदनका कारण रद्द भएका एक हजार छ सय आठ तथा अन्य कारणबाट आवेदन रद्द भएका तीन हजार पाँच सय चारबाहेक बाँकी रहेका योग्य आवेदन १५ लाख ५१ हजार चार सय सय १३ मध्येबाट दुई लाख २९ हजार चार सय ६८ जनालाई न्यूनतम १० कित्ता गरी २२ लाख ९४ हजार छ सय ८० र दुईजनालाई थप एक कित्ता गरी जम्मा २२ लाख ९४ हजार छ सय ८२ कित्ता बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

प्रभु क्यापिटल निष्कासन तथा बिक्री प्रबन्धक रहेकोमा साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म सार्वजनिक निष्कासन खुला गरिएको कुल सेयर २४ लाख ६७ हजार चार सय सय कित्तामध्ये सामूहिक लगानी कोषलाई पाँच प्रतिशत बराबर एक लाख २३ हजार तीन सय ७० कित्ता तथा कर्मचारीलाई पाँच प्रतिशत बराबर ४९ हजार तीन सय सय ४८ कित्ता छुट्याई बाँकी रहेका २२ लाख ९४ हजार छ सय ८२ कित्ता सर्वसाधारणका लागि निष्कासन गरिएकोमा करिब ७.३७ गुणासम्म आवेदन परेपछि धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका २०७४ को निर्देशन ३० को ४ अनुसार बाँडफाँट गरिएको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?