चलचित्र निर्देशनमा निरज

Read Time = 4 mins

काठमाडौं । चलचित्र निर्देशनको क्षेत्रमा आफ्नै पहिचान बनाउन सफल नाम हो निरज घिमिरे । उहाँले अहिलेसम्म आइपुग्दा आधा दर्जन चलचित्रमा कुशल निर्देशन गर्नुभएको छ । उहाँको निर्देशन रहेको पछिल्लो चलचित्र ‘सिष्टम’को यतिबेला प्राविधिक कार्य भइरहेको छ । निकट भविष्यमै प्रदर्शनमा ल्याउने तयारीका साथ काम भइरहेको चलचित्र ‘सिष्टम’मा आयुष रिजाल, खुश्बु खड्का, उमेश खड्कालगायत कलाकारको अभिनय छ ।

एउटा राम्रो चलचित्रमा निर्माणमा निर्देशकको महत्वपूर्ण जिम्मेवारी रहन्छ । निर्देशकले टिम क्याप्टेनको रूपमा जिम्मेवारी सम्हाल्नु त छदै छ उत्कृष्ट चलचित्र निर्माण गरेर निर्मातालाई पनि आर्थिक मुनाफा गराउन सक्नु महत्वको कुरा हो । जुन निर्देशक निरज घिमिरेले कुशलतापूर्व निर्वाह गरिसक्नु भएको छ । उहाँले ‘दिलमा सजाए तिमीलाई’, ‘अन्नदाता’, ‘कान्छी नानी’, ‘लावारिश’, ‘वारेण्ट, अफिसर’, ‘सिष्टम’ जस्ता नेपाली चलचित्रको निर्देशन गरिसकेका गर्नुभएको छ भने आधा दर्जन भोजपुरी चलचित्रमा समेत निर्देशन गर्नुभएको छ ।

एउटा राम्रो चलचित्र दर्शकमाझ पुर्‍याउन आफ्नो हरेकपल्टको कोसिस रहने बताउने उहाँ ‘मैले निर्देशन गर्ने चलचित्रले सामाजिक सन्देशका साथै व्यावसायिक दृष्टिकोणमा पनि अब्बल होस् भन्ने चाहना राख्छु’, भन्नुहुन्छ ।
उहाँ भन्नुहुन्छ, ‘कथा र पात्रले यथार्थ बोध गराएको छ भने दर्शकले आफूलाई पात्र र परिवेशसँग जोड्न थाल्छ र ऊ कथासँग बाँधिन पुग्छ । जुन दर्शक कथा र पात्रभित्र डुब्नु हो । चलचित्रमा सामान्यतया निर्देशकको दृष्टिकोण हाबी हुन्छ । तर, राम्रो अभिनेताले निर्देशित अभिनयमात्र गर्दैन उसले समग्र कथाको प्रारूप र भाव बुझेर सकारात्मक र संरचनात्मक योगदान दिन सक्नु उसको कलाकौशलताको क्षमता पस्कनुभित्र पर्दछ । निर्देशकले पनि अभिनेताले गरेको योगदानको सम्मान र प्रशंसा गर्न सक्नुपर्छ ।’

झण्डै दुई वर्ष बलिउड स्थित बालाजी टेली फिल्मस्मा निर्देशकीय कौशलता प्रस्तुत गरिसक्नुभएका अनुभवी निर्देशक घिमिरे भन्नुहुन्छ, ‘हामीलाई जहिले पनि बलिउड फिल्मको कपि ग¥यो भन्ने आरोप लाग्दै आएको छ । छिमेकी देश, समान कलासंस्कृति भएकाले कतिपय कुराहरू मिल्नु स्वभाविक भए पनि त्यही विषयवस्तुलाई प्रस्तुतीकरणमा पृथकपन दिन सक्यौ भने त्यसमा मिठास आउन सक्छ । तर, सकारात्मकभन्दा नकारात्मक सन्देश जाने विषयलाई बढी प्रसय दिने बानीले नेपाली दर्शक दीर्घासामु जहिले पनि बलिउड कपिको आरोप झेल्नु परिरहेको हो ।’

चलचित्र ‘सिष्टम’को प्रदर्शनलगतै अर्को अन्तर्राष्ट्रियस्तरको चलचित्र निर्माण, निर्देशकको गृहकार्यमा जुटिरहेका बताउनुहुने निर्देशक घिमिरे भन्नुहुन्छ, ‘बलिउड कपिको आरोपबाट मुक्ति पाउन आफ्नै माटो सुहाउँदो मौलिक विषयवस्तु सूक्ष्मरूपले चयनगरी चलचित्र बनाउनेतर्फ जोड दियौं भने आर्थिक मुनाफासँगै राम्रो चलचित्र बनाउन सकिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?