कांग्रेसले जनतासामु जान अरू पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय : पूर्व राष्ट्रपति यादव

काठमाडौं । पूर्व राष्ट्रपति डा.रामवरण यादवले नेपाली कांग्रेसले जनताको बीचमा जान पनि अंशबन्डा गरिरहेको भन्दै चिन्ता प्रकट गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा भएको बिपी साहित्य सम्मान एवं बिपी सेनानी सम्मान तथा स्मृति लोकार्पण समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो चिन्ता प्रकट गर्नुभएको हो ।
पूर्व राष्ट्रपति यादवले नेपाली कांग्रेसको अहिलेको अवस्थालाई हेर्दा रामराम भन्नु शिवाय अरू नरहेको बताउनु भयो । उहाँले बिपीका राजनीतिक चिन्तनहरू अध्ययन गर्ने फुर्सद कुनै राजनीतिक कार्यकर्ता र नेतालाई नरहेको भन्दै टिकट किनेर पार्टी प्रवेश गर्ने गरेको बताउनु भयो ।

‘बिपीको जेल डायरी, बिपीको आत्मवृतान्त, बिपीले बोलेका राजनीतिका बारेमा विषयहरु कांग्रेसीलाई पढ्नलाई फुर्सद छैन। सोझै काँग्रेस छिर्छन्। किनकि, टिकट किन्नेलाई काँग्रेसी भनेको छ, कति वर्ष भइसकेको छ, काँग्रेसीमा लागेकालाई फुर्सद नै छैन।’ उहाँले भन्नुभयो ।

पूर्व राष्ट्रपति यादवले कांग्रेस पार्टीमा रहेर पसिना बगाउनको भन्दा पैसा दिएर टिकट किन्नेको मूल्यांकन बढी हुँदै गइरहेको भन्दै चिन्ता व्यक्त गर्नुभयो । उहाँले समानुपातिकबाट सांसद बन्नको लागि टिकट बिक्रीको चलखेल हुने गरेको बताउनु भयो ।

उहाँको कांग्रेसीले पुर्खालाई बिर्सिएर अहिले जनतासमक्ष जान अरू पार्टीसँग मिलेर अंशबण्डा गर्नु लज्जाको विषय भएको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?