निर्वाचनका लागि अन्य पार्टीको विरोध आवश्यक छैन : केन्द्रिय सदस्य राई

Read Time = 2 mins

भोजपुर । नेकपा एमालेका केन्द्रिय सदस्य हरिबहादुर राईले आसन्न मंसिर ४ मा हुने प्रदेशसभा तथा प्रतिनिधीसभा निर्वाचनमा अन्य पार्टीहरुको बिरोध गर्न आवश्यक नरहेको बताउनु भएको छ ।

राष्ट्रिय युवा संघ नेपालको सदरमुकाममा जारी जिल्ला स्तरीय भेला तथा बिस्तारित बैठकलाई सम्वोधन गर्दे एमाले जिल्ला इन्चार्ज समेत रहेका राईले अन्य पार्टीको विरोध गर्नु भन्दा पनि पार्टीका नीति, कार्यक्रम, सिद्धान्त तथा घोषणा पत्र लिएर जनताको घर दैलोमा जानु पर्ने बताउनुभयो । निर्वाचनको लागि पार्टी के कारणले ठीक भन्ने जनतालाई बुझाउन आवश्यक भएकाले सम्पूर्ण युवा शक्ति अव जनताको घर दैलोमा गएर अभियान सुरु गर्नु पर्ने राईले बताउनुभयो ।

अन्य पार्टीका युवाहरुको भन्दा एमालेका युवाहरुको महत्वपूर्ण भुमिका भएको भन्दै राईले एमालेलाई आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन युवा शक्तिलाई संगठिन भएर लाग्न आग्रह समेत गर्नु भयो ।

भेला तथा बैठकले मंसिर ४ को निर्वाचलाई केन्द्रित गरेर बिविध निर्णयहरु गर्ने युवा संघका जिल्ला अध्यक्ष बिमल रणपहेलीले जानकारी दिनुभयो । जारी भेला तथा बैठकमा प्रदेश १ का पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटि सदस्य शेरधन राई, युवा संघका केन्द्रिय महासचिव क्षितिज थेवे, जिल्ला अध्यक्ष शरणकुमार राई लगायतका नेता तथा कार्यकर्ताको सहभागिता रहेको छ ।

भेलामा जिल्लाका साथै ९ वटै स्थानीय तहको ८१ वटा वडाबाट युवाहरुको सहभागिता रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?