बेनेली बाइकमा दशैं अफर

Read Time = 2 mins

काठमाडौं । केटिएम इन्टरनेशनल ट्रेडिङले दशैं, तिहार र छठको अवसरमा दशैं फिएस्टा अफर ल्याएको छ । अफरअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र किनेपछि गरी तीनपटकसम्म विभिन्न छुट प्राप्त गर्न सकिनेछ । पहिलो इ-डिस्काउन्टअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले क्युआर कोड स्क्यान गरी एक लाखसम्म जित्न सकिनेछ । क्युआर कोड मोटरसाइकल किन्न चाहने वा नचाहने दुवैले प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।

त्यस्तै, मोटरसाइकल किन्ने निश्चित भइसकेपछि ग्राहकले वाक इन डिस्काउन्ट प्राप्त गर्नेछन् । जसमा ग्राहकलाई स्क्र्याच कार्ड प्रदान गरिनेछ र सो कार्डबाट समेत एक लाखसम्म जित्न सकिनेछ भने किनिसकेपछि पाँच हजार रुपैयाँसम्मको अमेजिङ हेल्मेट र अन्य विभिन्न गिफ्ट पाउनेछन् । अफर बेनेलीका सबै मोटरसाइकल तथा स्कुटरमा लागू हुनेछ । कम्पनीले विगत ७ वर्षदेखि इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?