प्रवासी नेपाली एकता मञ्च जापानको पुनर्गठन,अध्यक्षमा द्रोण सिलवाल

हिमालय टाइम्स
Read Time = 2 mins

-पूर्ण चलाउने

टोकियो। नेकपा (एकीकृत समाजवादी) पार्टीको प्रवास संगठन प्रवासी नेपाली एकता मञ्च जापानको भेला टोकियोमा सम्पन्न भएको छ ।

नेकपा एकीकृत समाजवादी प्रवास समन्वय कमिटीका ईञ्चार्ज तथा संयोजक श्रीप्रसाद साहको प्रमूख आतिथ्यता तथा कमिटीका अध्यक्ष सागर रिजालको अध्यक्षतामा सम्पन्न भेलाले संगठनको पुनर्गठन पनि गरेको छ ।

भेलाले संगठनको अध्यक्षमा द्रोण सिलवाललाई सर्वसम्मत चयन गरेको छ भने उपाध्यक्षमा मञ्जु गिरी, तिलक दाहाल र हरी लामिछानेलाई चयन गरेको छ ।

त्यसैगगरी सचिबमा टक्कर कुवँरलाई चयन गरिएको छ भने उपसचिवमा सचिन नेम्वांग र कोषाध्यक्षमा श्रीकृष्ण अर्याललाई चयन गरिएको छ ।

मञ्चको सदस्यहरूमा माधव आचार्य, एसपी कपिल, भुवन घिमिरे, बिष्णु थपलिया, डिल्ली पौडेल, बिनोद दाहाल, विश्वास न्यौपाने, नृप कुवर, शिक्षा सत्याल, रत्ना कुवँर, सुमित रोकाया, दिनेश खनाल, रेयन भट्टराई, कृष्ण धमला, नकुल तिमिल्सिना, प्रल्हाद अधिकारी, जनकराज मंडेल र तुलराज पाण्डेलाई चयन गरिएको मञ्चका सचिब टक्कर कुँवरले जानकारी दिनुभयो ।

त्यसैगरी संगठनको सल्लाहकारमा राजेन्द्र भट्टराई, दीनेशराज ज्ञवाली, राजु कार्की, सागरमणि भण्डारी, भोजराम भण्डारी र प्रकाश महरालाई चयन गरिएको जानकारी पनि सचिब टक्कर कुँवरले दिनुभयो । उक्त भेला जूम’अनलाइमार्फत गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 Comment
  1. हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?