नवौं राष्ट्रिय खेलकुदको ट्रफी सुपमा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदको रनिङ ट्रफी सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालामा शनिबार प्रदर्शन गरिएको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, सामाजिक विकासमन्त्री गोविन्द बोहरा, सुदूरपश्चिम खेलकुद विकास परिषद्का सदस्य-सचिव दीपक सिंह, सुदूरपश्चिमका नौ जिल्लाका खेलकुद विकास समितिका अध्यक्ष, खेलाडी, प्रशिक्षक, सुरक्षाकर्मी, रनिङ ट्रफी टुर कार्यदलका संयोजक ओलम्पियन दीपक विष्ट, सदस्यहरू दीपक श्रेष्ठ, मिरा राई र अरुणा शाहीलगायतको उपस्थितिमा ट्रफी प्रदर्शन गरिएको हो ।

बृहत् राष्ट्रिय खेलकुदका लागि पहिलोपटक रनिङ ट्रफी निर्माण गरिएको हो । ट्रफीलाई अन्य पाँच प्रदेश, नेपाली सेना, नेपाल प्रहरी र एपिएफको मुख्यालयमा प्रदर्शनका लागि लगिनेछ भने अन्तिममा नवौं राष्ट्रिय खेलकुदको मुख्य आयोजनास्थल पोखरा पु¥याइनेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?