सेन्ट्रल फेसन हबको डिजाइनमा ११ जना मोडलहरुले गरे फेसन शो

Read Time = 3 mins

इटहरी । शाहरा इन्टरटेन्मेन्ट धरानको आयोजनामा ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ सम्पन्न भएको छ । झापाको बिर्तामोड सनिस्चरेमा अवस्थित लंका रिसोर्टमा गएको भदौ ३१ गते शुक्रबार यो कार्यक्रम सम्पन्न भएको हो ।

रनवेमा दिया दाहाल, अंकिता बरुवाल, सुस्मिता भुषाल, पुजा आचार्य, क्रिशिना खतिवडा, आकृति आचार्य, मनिषा थापा, बिञ्जु राजधामी, रुश्मा रोक्का, ऐश्वर्य दुतराज, रचना तामाङ्ग, रोशनी बजगाईले सेन्ट्रल फेसन हब बिर्तामोड र उर्लाबारीले तयार गरेको आकर्षक ड्रेस डिजाइनमा र्‍याम्प गरेका थिए ।

इन्डियाज नेक्स्ट टप मोडलको कन्सेप्टमा नेपालमा पहिलोपटक आयोजना भएको ‘म्युजिकल नाइट तथा एकसेएकरनवे’ मा वेभ ब्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए । ब्याण्डको प्रस्तुति संगै मोडलहरुले ४ सिक्वेन्समा हिडेका थिए । ‘एकसेएकरनवे’ फेसन शो थिम फोटोसुट क्याम्पिङमा आधारित शो रहेको हुनाले यसअघि ब्यवसायिक प्रायोजन, उत्पादन वा ब्यानरलाई पाँच फरक ऐतिहासिक, टुरिजम तथा आदिवासी स्थानमा लगायत विभिन्न थिममा रही ६ पटक फोटोसुट गरिएको थियो । बिर्तामोड, दमक र इटहरीमा गरिएको अडिसनमा ४५ जना सहभागी थिए ।

जसबाट फाइनल शोको लागि ११ जना छानिएका थिए । सो ११ जना मोडलहरुलाई मिस टुरिजम नेपाल २०१५ कि बिजेता चन्द्रिका मोतेले कोरियोग्राफ गराएकी थिइन् । ‘एकसेएकरनवे’ को इन्भेन्ट कोअर्डिनेटरको रुपमा दीक्षा गिरि, रुष्मा रोक्का, दिनेश बिक र अफिसियल फोटोग्राफीको रुपमा परिकला फोटोग्राफी रहेको थियो ।

कार्यक्रमको डिजाइन जिवन चिमोरियाले गरेका हुन् । कार्यक्रमलाई तृष्णा उपाध्याय रेग्मीले संचालन गरेकी थिइन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?