सत्याग्रहको नाडी छाम्दा

हिमालय टाइम्स
Read Time = 7 mins

✍️ रामसुन्दर देउजा

सूर्यप्रसाद लाकोजू अब चिनिरहनु पर्ने नाम रहेन । उनको परिचय देशको भूगोलभन्दा बाहिर पुगिसकेको अवस्था छ । काभ्रेपलाञ्चोक पनौतीमा रहेर शिक्षाको क्षेत्रमा, साहित्यको क्षेत्रमा र समाजसेवाको क्षेत्रमा अत्यन्तै क्रियाशील व्यक्तित्व हुन् उनी । सूर्योदय स्कुल सञ्चालन गरी धेरै बालबालिकालाई शिक्षाको उज्यालो बाँडिरहेका उनले साहित्यको क्षेत्रमा पनि थुप्रै कृति प्रकाशन गरी आफूलाई साहित्यको क्षेत्रमा अत्यन्तै क्रियाशील तुल्याएका छन् । विभिन्न विद्याका कृति प्रकाशित गरिसकेको छन् । कविता र त्यसका अन्य उपविधा, कथा, निबन्धलगायत विधामा उनको कलम सफलतापूर्वक चलिरहेको देखिन्छ ।

अनुसन्धानात्मक कृतिका सर्जक लाकोजू अक्षरमार्गका सम्पादक र प्रकाशक समेत हुन् । उनका बालसाहित्यका करिव एक दर्जन कृति पनि प्रकाशनमा आएका छन् । यसरी हेर्दा उनको बहुआयामिक व्यक्तित्व प्रस्फुटन भएको देख्न सकिन्छ । उनी सिर्जनामा नदीजस्तै बगेकै छन् । साहित्यिक संगठनमा पनि अग्लिएकै छन् । आफ्नो कर्मलाई धर्म सम्झेर लोभलाग्दो अक्षरयात्रामा लागेका उनले सत्याग्रह नामक कथासङ्ग्रह समेत प्रकाशित गर्न भ्याएका छन् । यो कथा सङ्ग्रहलाई ट्रान्सवल्र्ड पब्लिकेशनले पाठकसामु ल्याएको हो ।

लाकोजूको सत्यागृहभित्र एघारओटै कथाहरू रहेका छन् । जसमा सत्याग्रह शीर्षकमा पहिलो कथा रहेको छ । यस कथामा एउट नारीको साहस र वीरतालई उजगार गर्न खोजिएको छ । प्रजातन्त्र र स्वतन्त्राप्रति एउटी नारी कसरी समर्पित छे भन्ने कुरा कथाले छर्लङ्ग्याउन खोजेको छ ।

काभ्रेकै कानपुरमा जन्मिएका गुरुप्रसाद मैनालीले एघारवटा कथाहरू समेटेर नासो कथा सङ्ग्रह साहित्यकार तारानाथ शर्माले सम्पादन गरेर विसं २०२६ मा प्रकाशनमा ल्याएका थिए । यस कथासङ्ग्रहमा सामाजिक विषयबस्तुलाई जीवन्त रूपमा प्रस्तुत गर्न सफल भएका छन् गुरुप्रसाद मैनाली । त्यस्तै लाकोजूको सत्यागृहभित्र एघारवटै कथा रहेका छन् । जसमा सत्याग्रह शीर्षकमा पहिलो कथा रहेको छ । यस कथामा एउट नारीको साहस र वीरतालई उजगार गर्न खोजिएको छ । प्रजातन्त्र र स्वतन्त्राप्रति एउटी नारी कसरी समर्पित छे भन्ने कुरा कथाले छर्लङ्ग्याउन खोजेको छ ।

प्रेम प्राप्तीमात्र नभएर त्याग पनि हो भन्ने विचार यस कथाले बोकेको छ । त्यस्तै कमाल शीर्षकको कथाले सत्यको मूल आधार नै मानवता हो भन्ने कुरा देखाउन खोजेको छ । अव्यक्त प्रेम कथामा कर्तव्य र प्रेमलाई सँगसँगै लैजान खोजिए पनि कहिलेकाहीँ ती एक आपसमा फरक बाटो रोज्न बाध्य हुन्छन् भन्ने कुराको बोध छ । अर्को घडेरी शीर्षकको कथामा एक सामान्य परिवारको व्यक्तिले वल्वतल्ल घडेरी जोरेको हुन्छ तर विकासको नाउँमा त्यही घडेरीमा डोजर चल्छ र उनीहरूको विचल्ली भएको अत्यन्त मर्मशील अवस्थाको चित्रण पाइन्छ । देशमा जस्तो सरकार आए पनि त्यो सरकार हुँदा खानेहरूका लागि नहुने ज्वलन्त उदाहरण घडेरी कथा बनेको छ ।

लाले शीर्षकको अर्को कथामा बैगुनी समाजको बारेमा कोट्याइएको छ । आफूले काम लिँदा सबैको हाइहाई भएको लाले अन्तिम अवस्थामा पाटीमा गएर पल्टिँदा कसैको सहानुभूति पाउन नसकेको कथालाई मार्मिक तरिकाले प्रस्तुत गर्न कथाकार सफल छन् । आमा शीर्षकको कथामा छोराहरू मुर्ख भएपछि आमाबाबुको कस्तो अवस्था हुन्छ भन्ने कुरा चित्रण गरिएको छ भने स्मृतिका शीर्षकमा दुई जोडीको प्रेम सम्बन्धको कथालाई उनिएको छ । उद्वार शीर्षकको कथामा विश्वलाई नै आक्रान्त पारेको कोरोना रोगका कारण नेपालीले के कस्ता कष्टहरू भोग्नुप¥यो भन्ने कुरा देखाइएको छ भने उपहार शीर्षकमा विदेशमा श्रम गर्न जाँदा पाएको दुखान्त घटनाको चित्रण पाइन्छ ।

बुनू शीर्षकमा मोबाइलले अहिलेको पुस्तालाई कसरी गाँजिरहेको छ भन्ने यथार्थता केलाउन सफल छ र अन्तिम कथा छविलाल काका शीर्षकको कथामा छविलाल काकाले निरंकुशाताको विरुद्ध युद्धमा लाग्दाका भोगाइहरू समेटने प्रयत्न गरिएको छ । प्रजातन्त्र प्राप्तिका लागि छविलाल काकाले खेलेको त्यागपूर्ण भूमिकालाई कथामा चित्रण गरिएको छ । त्यसबेला नागरिक हक र स्वतन्त्रताका लागि निःस्वार्थपूर्वक लडेका योद्धाहरूको प्रतिनिधि पात्रका रुपमा कथाकारले छविलाल काकालाई उभ्याएको देखिन्छ ।

प्रजातन्त्र ल्याउनका लागि छविलाल काकाजस्ता सपूतहरूको ठूलो योगदान रहेको कुराको पून. स्मरण गराउँदै नयाँ नेपालको निर्माणमा लाग्नुपर्ने सन्देश कथाले बोकेको छ । यसरी प्रस्तुत कथासङ्ग्रह सत्याग्रहमा राजनीतिक विषयवस्तु र सामाजिक परिवेशलाई यथार्थ रुपमा चित्रण गरिएको देख्न सकिन्छ भने कथाहरू मर्मशील भइकन पनि यथार्थतालाई बोक्न सक्षम छन् ।

पुस्तक : सत्याग्रह, कथाकार : सूर्यप्रसाद लाकोजू, विधा : कथा, प्रकाशन मिति : २०७९, पृष्ठ : १५४, मूल्य : रु ३५०।–

Subscribe
Notify of
guest
1 Comment
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
टङ्कबहादुर अालेमगर
टङ्कबहादुर अालेमगर
2023-08-03 2:04 pm

सुन्दर नाप ताैल । बधाई स्रष्टा अनि द्रष्टामा ।जय अक्षर मार्ग ।

रिलेटेड न्युज

छुटाउनुभयो कि ?