Tuborg 2079-6-30 Ehimlayantimes-1000x100

नवलपरासीमा बसबाट खसेर परिचालकको मृत्यु

प्रतिकात्मक तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min
A A- A+

नवलपरासी (पश्चिम) । नवलपरासी बर्दघाट सुस्ता पश्चिमको सुनवल नगरपालिका-१२ भुमही चोकमा हिजो साँझ बसको ढोकाबाट खसेर परिचालकको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दघाट नगरपालिका-११ धनेवाका ३३ वर्षीय उमेश चौधरी रहेका छन् ।

बुटवलबाट बर्दघाटतर्फ आउँदै गरेको लु १ ख ७३७७ नम्बरको माइक्रोबसको ढोकाबाट हिजो साँझ सवा ६ बजे चौधरी खसेका थिए ।

बससहित चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो?

guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?