मध्यपुरठिमी सहकारीद्वारा सांस्कृतिक सम्मान

Read Time = 2 mins

भक्तपुर । मध्यपुरठिमी बचत तथा ऋण सहकारी संस्थाले सांस्कृतिक क्षेत्रमा योगदान पुर्‍याउने सात समूहलाई सम्मान गरेको छ । संस्थाको १५औं वार्षिक साधारणसभा कार्यक्रममा ऐतिहासिक निलबाराही गण प्याखँ मध्यपुर बोडे, लायकू भैलः सञ्चालन समिति, महाकाली प्याखँ व्यवस्थापन समिति दिगुटोल, थिमि गुंला बाजा खलः बज्राचार्य समुदाय, मध्यपुर थिमि गुंला बाजा प्रजापती समुदाय, येँयाः पुन्हिया लसताय् म्ये प्वाः खानीगु जात्रा व्यवस्थापन समिति तथा मानन्धर गुंला बाजा सिवा साय्मि खलःलाई सम्मान गरेको हो ।

बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री वसन्त मानन्धरले दोसल्ला र कदरपत्र हस्तान्तरण गरी सम्मान गर्नुभएको थियो । साथै सुरेश श्रेष्ठ तथा समीर कारंजितलाई सदस्य प्रोत्साहन पुरस्कार प्रदान गरिएको सहकारीले जनाएको छ ।

सहकारीको चुक्ता पुँजी एक करोड ६४ लाख ४० हजार चार सय, बचत १३ करोड ६६ लाख २४ हजार दुई सय ६२ रुपैयाँ ३९ पैसा तथा लगानी १२ करोड ५९ लाख २० हजार दुई सय ७४ रुपैयाँ रहेको बताइएको छ । संस्थामा आर्थिक वर्ष २०७८/०७९ मा सेयर सदस्य १४ सय २५ जना रहेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?