सेतीखोला हाइड्रोले सेयर जारी गर्ने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । सेतीखोला हाइड्रोपावरले प्रतिसेयर सय रुपैयाँ अंकित दरका ६० लाख कित्ता साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासी तथा सर्वसाधारणमा उक्त सेयर निष्कासन गर्न हाइड्रोले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको छ ।

सम्झौतापत्रमा सेतीखोला हाइड्रोपावरका सञ्चालक समिति अध्यक्ष अनुप आचार्य तथा कुमारी क्यापिटलका प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गर्नुभएको छ । सेतीखोला हाइड्रोको अधिकृत पुँजी एक अर्ब ५० करोड, जारी पुँजी एक अर्ब ५० करोड र चुक्ता पुँजी ८८ करोड ४६ लाख ४५ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको अध्यक्ष अनुप आचार्य र सञ्चालकमा दीपक बराल, हरिबाबु न्यौपाने, सम्झाना आचार्य, विद्यावारिधि सिग्देल र रामबहादुर पहाडी रहेका छन् । आगामी वर्षदेखि व्यावसायिक उत्पादन सुरु गर्ने आयोजना पोखरा महानगरपालिका ३३ मा रहेको छ भने आयोजनाको कुल लागत पाँच अर्ब पाँच करोड रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?