‘साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव’ विशेष अंक लोकार्पण

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विशेष अंक लोकार्पण गरिएको छ । आइतबार थाहा पुस्तकालय मीनभवनमा सर्जक नरेन्द्रबहादुर श्रेष्ठलाई बधाई पत्र प्रदान तथा शारदा मासिको साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विशेष अंक लोकार्पण गरिएको हो ।
साहित्यिक पत्रकार संघले संघका पूर्वअध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठलाई ‘अमृत महोत्सव’को अवसरमा बधाई ज्ञापन र शारदा मासिकको साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विशेष अंकको लोकार्पण समारोहको आयोजना गरेको हो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षतामा सम्पन्न सो समारोहका प्रमुख अतिथि वरिष्ठ कवि एवं सस्कृतिविद् तुलसी दिवसले शारदा मासिक साहित्यिक पत्रकार संघ स्वर्ण महोत्सव विशेष अंकको लोकार्पण गर्नुभएको थियो । प्रमुख अतिथिले दिवसले सापसका पूर्वअध्यक्ष वरिष्ठ सर्जक नरेन्द्रबहादुर श्रेष्ठलाई ‘अमृत महोत्सव’का अवसरमा ‘बधाई पत्र’ प्रदान गर्नुभएको थियो । यसैगरी स्रष्टा समाज नेपालका नवनिर्वाचित अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ रोदनलाई साहित्यिक पत्रकार संघको तर्फबाट बधाई ज्ञापन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि तुलसी दिवस, अध्यक्ष राधेश्याम लेकाली विशेष अतिथिहरू वरिष्ठ समालोचक प्रा.डा. गोविन्दराज भट्टराई, वरिष्ठ नाट्यकर्मी एवं साहित्यकार अशेष मल्ल, नेपाल साहित्यिक पत्रकार संघका अध्यक्ष मोहन दुवाल, प्रगतिशील लेखक संघका पूर्वअध्यक्ष साहित्यकार मातृका पोखरेल, शारदा मासिक सम्पादक साहित्यकार विमल भौकाजी, सापस पूर्वअध्यक्ष सर्जक नरेन्द्रबहादुर श्रेष्ठलगायतले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा गुञ्जनकी अध्यक्ष हिरण्यकुमारी पाठक, महिला आदर्श सेवा केन्द्रकी अध्यक्ष नीरु श्रेष्ठलगायत विभिन्न विशिष्ट साहित्यकारहरूको विशेष उपस्थिति रहेको थियो । अतिथिहरूलाई साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको लोगो भएको मायाको चिनो प्रदान गरिएको सो कार्यक्रमको सञ्चालन सखी प्रतिष्ठानकी अध्यक्ष मञ्जिला अनिलले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?