पोखरा । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले दुई हप्तामात्र बाँकी रहेको बृहत् नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका सन्दर्भमा कहीं केही कमी कमजोरी छ भने त्यसलाई सुधारेर जान मातहतका सबै निकायहरूलाई निर्देशन दिनुभएको छ ।
नवौं राष्ट्रियमा सहभागी ३६ वटै खेल संघका पदाधिकारीहरू, नवौं राष्ट्रिय खेलकुद कार्यकारी समिति र विभिन्न उपसमितिबीचको अन्तरक्रिया कार्यक्रममा मन्त्री गहतराजले सो निर्देशन दिनुभएको हो । प्रतियोगिता सुरुहुनु अगाडि संघहरू, कार्यकारी समिति र उपसमितिहरूबीचको कामकारबाहीबीच तालमेल र समन्वय गर्नका निम्ति अन्तरक्रिया कार्यक्रम राखिएको हो ।
उक्त अवसरमा राष्ट्रिय खेलकुद परिषदका सदस्य-सचिव तथा नवौं राष्ट्रिय खेलकुद कार्यकारी समितिका सदस्य-सचिव टंकलाल घिसिङले नवौं राष्ट्रिय खेलकुदमा अब कुनै बाधा-अवरोध नभएकाले संघहरूलाई उत्कृष्ट ढंगले खेल सञ्चालन गर्न आग्रह गर्नुभयो । नवौं राष्ट्रिय खेलकुदमा समावेश ३६ खेलको सञ्चालनको जिम्मा ३६ खेल संघहरूलाई दिइएको छ । जसका निम्ति प्रत्येक खेल संघहरूलाई रकम पनि छुट्याइएको छ ।
सदस्य-सचिवले नवौं राष्ट्रियका लागि तीव्र गतिमा काम भइरहेको बताउँदै खेलाडी बीमा, प्रत्यक्ष प्रशारणको व्यवस्था, व्यवस्थित सूचनाका लागि राखेपको एप तथा वेबसाइट निर्माण गरिसकिएको बताउनुभयो । त्यस्तै, नवौं राष्ट्रिय खेलकुदको ट्रफी टुरले देशभर खेलकुदको माहोल सिर्जना भएको पनि उहाँले बताउनुभयो ।
सो अवसरमा संघहरूको जिज्ञासा र त्यसको समाधानका लागि लामो समय छलफल भएको थियो । सहभागी खेल संघका प्रतिनिधिहरूले खेल सामग्री, खेलस्थल, बजेट, निर्णायकको कोटालगायतका विषयमा आ–आफ्नो धारणा राखेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच