नेपाली कांग्रेस र विश्वेश्वर

Read Time = 17 mins

✍️ दीपक रिसाल

मैले नजिकबाट बीपी कोइरालासँग राजनीति सिक्ने अवसर त पाइन, तर उहाँले देखाएको मार्गमा हिँड्ने प्रयास आवरत गरिरहेको छु । यो यात्रामा सफल हुन्छु या असफल त्यो पछिको कुरा हो । यदि सफल भए भने बीपी कोइरालाको देन सम्झने छु, यदि असफल भए भने मेरै कमीकमजोरी रहेछ भनेर सुधार गर्नेछु । आजीवन आफ्नो संघर्ष पार्टी र राष्ट्रप्रति समपर्ण देखाउने व्यत्तित्वको वर्णन गरेर सकिँदैन । म किन कांग्रेस भए भनेर कसैले सोच्छ भने, प्रष्टसँग भन्न सक्छु बीपी कोइरालाको प्रभाव म माथि परेको छ । मेरो नजरमा बीपी एक आदर्शवान नेता तथा साहित्यकार हुनुहुन्छ । प्रजातन्त्रका लागि अहोरात्र खटिनु भएका बीपीले आफ्नो व्यक्तिगत स्वार्थका लागि राजनीति गर्नुभएन भन्ने कुरा इतिहासको पाना पल्टाउँदा देख्न सकिन्छ । अन्तिम अवस्थामा समेत देश र जनताप्रति सद्भाव देखाउने साच्चिकै प्रजातन्त्रवादी नेता हुनुहुन्थ्यो । प्रजातन्त्रविना जनताको जीवनस्तर माथि आउन सक्दैन भन्ने कोइरालाले आजीवन जेल-नेल भोग्नु पर्‍यो ।

२०१७ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई राजसंस्थाले कहिले आफ्नोे नदेख्दा पनि उहाँले योे मुलुकका लागि राजसंस्था अपरिहार्य हो भनेर भन्नुभयो । कम्युनिष्टसँग भन्दा राजासँग सहकार्य गर्दा ठीक हुन्छ भन्ने भनाइ उहाँले आफ्ना कार्यकर्तालाई भनिरहनु हुन्थ्यो । भारतमा इन्दिरा गान्धीले संकटकाल लगाएपछि भारतमा निर्वासन जीवन बिताइरहनुभएका कोइराला देशमा संकट पर्र्न लाग्यो भनेर एकाएक ३६ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर नेपाल फर्कनु भयो । नेपाल आउनु भनेको उहाँका लागि जेल जीवन नै थियो । कतिपय कांग्रेसकै नेता उहाँ नेपाल नआए हुने थियो भन्ने आशयमा थिए । बीपीलाई राजाका सिपाइहरूले विमानस्थलबाटै गिरफ्तार गरेर सुन्दरीजल जेल पुर्‍याए । आठ वर्ष लामो जेलजीवन बिताउनुभयो उहाँले । जेलमै बसेका बेला उपन्यासहरू लेख्नुभयो भने जेलमै उहाँलाई घाटीको क्यान्सर भएको भन्ने थाहा भयो । राजाले उपचारका लागि भारत पनि पठाएका थिए तर उपचारका लागि सीमा कटिसकेको र क्यान्सर फैली सकेको थियो । उपचार हुन सकेन र २०३९ साल साउन ६ गते सदाका लागि एक प्रजातान्त्रिक योेद्धाको अवसान भयो । नेपाली कांग्रेसले उहाँको सम्झनास्वरूप हरेक वर्ष साउन ६ गते श्रद्धाञ्जलि अपर्ण गरेर स्मरण गर्ने गरेको छ ।

२०१७ सालमा पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालालाई राजसंस्थाले कहिले आफ्नोे नदेख्दा पनि उहा“ले योे मुलुकका लागि राजसंस्था अपरिहार्य हो भनेर भन्नुभयो । कम्युनिष्टसँग भन्दा राजासँग सहकार्य गर्दा ठीक हुन्छ भन्ने भनाइ उहाँले आफ्ना कार्यकर्तालाई भनिरहनु हुन्थ्यो ।

राणाहरूको हुकुमी शासनविरुद्धमा २००३ सालमा बीपीले भारतको वनारसमा नेपाली राष्ट्रिय कांग्रेस गठन गर्र्नुभएको थियो । नेपालमा राणा शासनविरोधी गतिविधि गर्न सकिने अवस्था नभएकाले भारतमा गठन भएको हो । राणा शासनविरुद्वको आन्दोलन भारतबाटै गर्ने सोेच बीपीको थियो । अर्का नेता सुर्वण शमशेरले पनि नेपाल प्रजातन्त्र कांग्रेस गठन गर्नुभएको थियो । सुर्र्वणले भारतको कलकत्ताबाट राणा शासनविरुद्ध आन्दोलन गर्नुभएको थियो । वनारसमा बीपीको नेपाली राष्ट्रिय कांग्रेस र कलकत्तामा सुर्वण शमशेरको नेपाल प्रजातन्त्र कांग्रेसबीच एकता गर्ने निर्णय भयो । दुवैको उद्देश्य एउटै भएकाले २००५ सालमा बीपीको कांग्रेस र सुवर्णको कांग्रेस मिलाएर नेपाली कांग्रेस बन्योे ।

प्रजातन्त्रका लागि नेपाली कांग्रेसले आन्दोलनको घोषणा गरिसकेको थियो । राणाहरूले कांग्रेसले आफूविरुद्व आन्दोलन गरेको थाहा पाएपछि आन्दोलनलार्ई दबाउन हर सम्भव प्रयास ग¥यो । आन्दोलन कै क्रममा कतिपय कांग्रेसी कार्यकर्तालाई धरपकड गरेर कारावास हाल्ने काम भयो । विराटनगरको आन्दोलनमा प्रजातन्त्रका लागि लडेका नेपाली कांग्रेसका थीरबम मल्ल पहिलो शहीद हुनुभयो । अर्को आन्दोलन वीरगञ्जबाट सुरु भएको थियो । वीरगञ्जबाट सुरु भएको आन्दोलन एकहप्ता नै नपुगी देशभर फैलियो । जति दमन गर्दा पनि केही सीप नलागेपछि राणाहरूले आत्म सपमर्ण गरे । त्योसँगै १०४ वर्ष लामो इतिहास बोकेको राणा शासन सदाका लागि अन्त्य भयोे । २००७ साल फागुन ७ गते प्रजातन्त्रको उदय भयो । प्रजातन्त्रका लागि नेपाली कांग्रेसले गरेको यो सबभन्दा ठूलो उपलब्धि थियो । प्रजातन्त्र आएपछि राणा शासनको चंगुलमा बसेका जनताले आफ्नो हक र अधिकार प्रयोग गर्न पाए । प्रजातन्त्र उदयसँगै देशमा विभिन्न स्कुल, कलेज खुल्न थाले । जनताका छोराछोरीले पढ्न र लेख्न पाउने अवसर आयो ।

नेपाली कांग्रेसले भारतमा निर्वासन जीवन बिताइरहेका राजा त्रिभुवनलाई नेपालमा ल्याएर राजाको स्थान दियो । राजा सिंहसनमा बसेपछि उनमा उन्मात जाग्यो । जसले आफूलाई आफ्नो गुमेको अधिकार दिएर सिंहसनमा बसाल्यो, उसैलाई आफ्नो वैरी देख्न थाले । राणाको दमन र अत्याचार सकियो । अब राजाबाट प्रजातन्त्रमा प्रहार सुरु भयो । राजाले जनमतसंग्रह गराए । जनताले चुनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउछु भनेका थिए । सत्ता लिप्सा राजाले त्यो कुरा क्षणभरमै बिर्से । उनलार्ई पनि शक्ति र पावरको उन्मात लाग्यो । म नै सर्वेसर्वा भन्ने लाग्यो । राजामा घमण्ड बढ्यो । नेपाली कांग्रेसले सवैधानिक राजतन्त्रात्मक व्यवस्थाको अवधारण ल्याएको थियो । त्यो कुरा राजालाई पाच्य भएन । त्यतिबेला भारतमा प्रधानमन्त्री जवाहरिलाल नेहेरू थिए । उनले पनि कांग्रेसलाई धोखा थिए । राजालाई साथ थिए । भारतको साथ पाएका राजाले कांग्रेसले लगाएको गुन बिर्से । कांग्रेससँग भन्दा राजासँग काम लिन सजिलो हुन्छ भन्ने सोचका साथ कांग्रेसलाई छाडेर राजालाई च्यापे नेरुले । राजा, राणा र भारत सरकार बसेर दिल्लीमै सम्झौता भयो । त्यो सम्झौतामा कांग्रेसलाई राखिएन । कांग्रेसले त्यो सम्झौता मान्दा पनि मानेन ।

कांग्रेसको निरंकुश राजतन्त्रविरुद्धको आन्दोलन
प्रजातन्त्र प्राप्तिका लागि नेपाली कांग्रेसले राणाविरुद्वको आन्दोलन सकिएको केही वर्षपछि फेरि राजाको निरंकुश शाही शासनविरुद्ध आन्दोलन सुरु गर्नु पर्‍यो । २०१० सालमा नेपाली कांग्रेसले युवाहरूको तरुणदल दस्ता गठन गर्‍यो । तरुणदल देशभरको आन्दोलनमा सरिक भयोे । राजाको हुकुमी शासनले उग्ररूप लिएको थियो । यता कांग्रेसको आन्दोलन पनि जोडतोडले अघि बढिरहेको थियो । राजाले सभा, जुलुसलगायत केही गर्न नपाउने भनेर राजनीतिक दलहरूलाई प्रतिबन्ध लगाएका थिए । नेपाली कांग्रेसले अहिंसात्मक सत्याग्रह सुरु गर्‍यो । राजाले जति दमन गर्दा पनि केही नलागे पछि अन्तिममा कांग्रेस र राजाबीच सम्झौता भयो । २०१५ सालमा आमनिर्वाचन भयो । आमनिर्वाचनमा कांग्रेसले १०९ सिटमा ७४ सिट जित्न सफल भयो । यो कांग्रेसका लागि निकै ठूलो उपलब्धि थियो । प्रजातन्त्र प्रेमी जनताले देखाएको आँट र साहसको प्रतिफल कांग्रेसले ७४ सिट जित्यो । राजाले निकै ढिला गरेर कांग्रेसलाई मन्त्रिमण्डल बनाउन आवाहृन गरे । त्यो उनको रहर नभई बाध्यता थियो । राजा पनि जनचाहानाविपरीत जान सक्दैन थिए । कांग्रेसले मन्त्रिमण्डल बनायो ।

पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइराला हुनुभयो । उहाँ प्रधानमन्त्री भएपछि देशमा धमाधम उद्योगधन्दा कलकारखाना खुल्न थाले । उहाँको सबैतिर गुनगान चल्न थाल्यो । राजालाई यो कुरा पाच्य भएन । उनले फेरि अनेक बहान र आरोप लगाएर जननिर्वाचित प्रधानमन्त्रीलाई १८ महिना पनि पुग्न नपाउँदै पदच्युत गरेर राज्यको सम्पूर्ण जिम्मेवारी आफ्नो हातमा लिए । २०१७ सालमा कू-गरेका राजा महेन्द्रले कांग्रेसी नेता तथा कार्यकर्तालाई धरपकड गरेर जेल हाले । त्यतिबेला पक्राउ पर्न नेताहरूमा बीपी कोइराला, गणेशमान सिंह, कृष्णाप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला हुनुहुन्थ्यो । उहाँहरूले झण्डै आठ वर्ष जेलजीवन बिताउनुभयो । त्यतिबेला गिरिजाप्रसाद कोइराला आमरण अनशन बस्नुभयो । आमरण अनशन बसेपछि २०२४ सालमा उहाँहरूलाई जेलबाट मुक्त गरियो । गिरिजाप्रसाद कोइराला जेलबाट छुटेपछि उहाँले अरू नेताहरूलाई छुटाउन प्रयास गर्नुभयो । सुवर्ण शमशेरले राजासँग वार्ता गरेर सहमति गर्न भनेपछि बाँकी जेलमा बसेकालाई राजाले मुक्त गरिदिए । सबै जेलमुक्त हुँदा पनि कृष्णप्रसाद भट्टराई भने जेलमै बस्नुभयो । उहाँले जबसम्म प्रजातन्त्र घोषणा गरिँदैैन तबसम्म म जेलबाट बाहिरिन्नँ भन्नुभयो । देश दौडामा हिँड्नु भएका बीपी बिरामी हुनुभयो । नेपालमा उपचारका लागि राम्रो अस्पताल थिएन । उहाँलाई उपचारका लागि भारत लगियो । उहाँ भारतमा हुनुहुन्थ्यो, यता नेपालमा भने प्रजातन्त्र प्राप्तिका लागि आन्दोलन भइरहेको थियो । राजा आन्दोलन दबाउन अनेक प्रपञ्च रच्दै थिए । आन्दोलनले उग्ररूप लिँदै गयो ।

सुशील कोइरालालगायत नेताहरू २०३१ सालमा पक्राउ परेर भारतको जेलमा हुनुहुन्थ्यो । भारतमा संकटकालको घोषणा भएको, आफ्नो देशमा राजनीतिक द्वन्द्व चर्किएको, राष्ट्रलाई संकट पर्नसक्छ भन्ने सोचका साथ बीपी कोइराला, गणेशमान सिंह राष्ट्रिय मेल मिलापको नीति लिएर स्वदेश फर्किनुभयो ।

यही क्रममा २०३० सालमा जहाज अपहरण गरियो । कांग्रेसले गरेको आन्दोलनमा यो सबभन्दा ठूलो चुनौतीपूर्ण थियो । त्यतिबेला भारतमा प्रधानमन्त्री इन्दिरा गान्धी थिइन् । जब नेपालमा हवाईजहाज अपहरण गरियो तब भारतीय प्रम इन्दिरा गान्धीले भारतमा संकटकालको घोषणा गरिन् र विपक्षी दलका नेता तथा कार्यकर्तालाई पक्रन थालिन् । सुशील कोइरालालगायत नेताहरू २०३१ सालमा पक्राउ परेर भारतको जेलमा हुनुहुन्थ्यो । भारतमा संकटकालको घोषणा भएको, आफ्नो देशमा राजनीतिक द्वन्द्व चर्किएको, राष्ट्रलाई संकट पर्नसक्छ भन्ने सोचका साथ बीपी कोइराला, गणेशमान सिंह राष्ट्रिय मेल मिलापको नीति लिएर स्वदेश फर्किनुभयो । स्वदेश फर्कनु भनेको जेल जानु या त मुत्युदण्ड पाउनुबाहेक अन्य विकल्प थिएन । देश बाँच्छ भने हामी मर्दा केही हुँदैन भनेर जीवन दाउमा राखेर बीपी र गणेश नेपाल फर्कनुभयो । उहाँहरूलाई विमानस्थलबाटै गिरफ्तार गरेर सुन्दरी जेलमा लगिएको थियो । राजा, भारत र कांग्रेसका कतिपय व्यक्ति उहाँ नेपाल नआएकोमा नै खुशी थिए । उहाँलाई नेपाल नआउने सल्लाह दिन्थे । उहाँ नेपाल आउनुभयो भने आन्दोलनले उग्ररूप लिन्छ राजाको जय जय कार गर्नेहरूले लुटेर खान पाउँदैनन् भनेर पनि उहाँलाई नेपाल नआउने सल्लाह दिन्थे ।

२०३६ सालमा जनमत संग्रह
प्रजातन्त्र प्राप्तिका लागि गरिएको आन्दोलनले उग्ररूप लिइरहेको थियो । जति दमन गर्दा पनि केही सीप नलागेपछि, राजा महेन्द्रले २०३६ सालमा जनमतसंग्रहको घोषणा गरे । शीर्ष नेताहरू सबै जेलमा थिए । सुधारिएको पञ्चायत र बहुदलीय व्यावस्थाबीच निर्वाचन हुने भन्ने घोषणा भयो । जनताले त्यो नमानेपछि पञ्चायत र बहुदलीय व्यावस्थाबीच निर्वाचन हुने भनेर फेरि वीरेन्द्रले घोषणा गरे । त्यसअनरूप २०३७ सालमा जनमतसंग्रह भएको थियो । २४ लाख पञ्चायतको पक्षमा मत खस्यो भने बहुदलको पक्षमा २० लाख मत खस्यो । (जनमतसंग्रहको तथ्यांक अनुसार) त्यतिबेला पञ्चायतले ५५ जिल्लामा र बहुदलले २० जिल्लामा निर्वाचन जितेको थियो । यो नै प्रजातन्त्रको उपलब्धि थियो । बीपी कोइरालाको २०३९ सालमा निधन भयो । त्यसपछि आन्दोलनका कार्यक्रमहरूमा केही शिथिलता छायो ।
लेखक : गोकर्णश्वर नगरपालिकाका मेयर हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?