तिहार नजिकिएसँगै बढ्यो कुचोको माग

Himalaya Times
Read Time = 2 mins

काठमाडौं । तिहार नजिकिएसँगै कुचोको माग र व्यापार बढेको छ । लक्ष्मीपूजाको दिन नयाँ कुचोको पूजा हुने र भाइटीकाको दिन पनि कुचोमा राखेर ओखर फुटाउने प्रचलनका कारण तिहारमा व्यवसायीहरूलाई कुचो उत्पादन गर्न भ्याइनभ्याइ भएको हो ।

कुचोको माग बढेसँगै व्यवसायीहरूलाई कुचो बनाउन भ्याइनभ्याई भएको छ । नेपालमा मात्रै नभई भारतमा पनि कुचोको माग बढेको काठमाडौंको सुकेधारास्थित गोरखनाथ कुचो सप्लायर्सका सञ्चालक रामप्रसाद बलाखेले बताउनुभयो । उहाँले नेपालमा कुचोको काम गर्न थालेको ६ वर्ष भएको र त्यसअघि भारतमा पनि कुचो व्यवसाय गरेको बताउनुभयो ।

उहाँले आफूले उत्पादन गरेका कुचोहरू नेपालमा भन्दा धेरै भारतमा पठाउने गरेको बताउनुभयो । यस वर्ष भने देशकै आर्थिक अवस्था कमजोर भएकाले नेपालमा कुचोको माग धेरै नरहेको बताउनुभयो । उहाँले देशमा आर्थिक मन्दीका कारण यस वर्ष गत वर्षको तुलनामा आधा पनि व्यापार नहुने अवस्था रहेको बताउनुभयो । उहाँले अहिले बजारमा कुचोको मूल्य १५० देखि २०० रुपैयाँसम्म पर्ने गरेको बताउनुभयो ।

त्यस्तै, गोरखनाथ कुचो सप्लायर्सका बजार व्यवस्थापक सुदीप श्रेष्ठले भने तिहार लागेसँगै बजारमा कुचोको माग अत्यधिक बढेको बताउनुभयो । उहाँले नेपाली बजारमा तिहारका लागि काठमाडौं उपत्यका बाहेकका अन्य जिल्लाहरूबाट पनि माग आएको र गत सालको भन्दा धेरै माग बढेको बताउनुभयो । उहाँले अहिले तिहारको सिजनमा हरेक दिन १० हजार कुचो बजारमा पठाइरहेको बताउनुभयो । तिहार नजिकिएसँगै डोको, डालो र कुचोको पूजा गर्नका लागि यो समयमा कुचो खपत अरू समयभन्दा धेरै हुने गर्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?