मल्टिस्टारर ‘लाखे’ को ‘ऐया बाबा तिम्रो पिरेम’ सार्वजनीक

Read Time = 4 mins

काठमाडौं । सस्पेन्स थ्रीलर जनराको प्रतिक्षित फिल्म ‘लाखे’ मा समाबेश ‘ऐया बाबा तिम्रो पिरेम’ सार्वजनीक गरिएको छ । कार्तिक १८ गते प्रदर्शन हुने फिल्मको राजधानीमा आयोजीत प्रेसमिटमा सो गीत प्रदर्शन गरिएको हो । सदीक्षा कट्टेल र हर्कुलस बस्नेतको स्वर तथा हर्कुलसकै शब्द, संगीत रहेको गीतको भिडियोमा सौगात मल्ल, अनुपबिक्रम शाही, आर्यन अधिकारी, सुशील सिटौला, रक्षा बुढाथोकीका साथमा सुक्मित घिसीङलाई प्रस्तुत गरिएको छ ।

कार्यक्रममा अभिनेता अनुपबिक्रम शाही, प्रशान्त ताम्राकार, अर्पण थापा, आर्यन अधिकारी, संजोग राणा, रोहित रुम्बा, सुक्मित घिसिङलगायतले ‘लाखे’ मनोरञ्जनको प्याकेज रहेको बताए । उनीहरुले आम दर्शकले मन पराउने बिषयमा फिल्म निर्माण गरिएको जनाउदै सबैलाई ‘लाखे’ हेर्न निमन्त्रणा गरे । पोस्टर तथा ट्रेलरबाट दर्शकलाई कुतुहलता जगाउन सफल ‘लाखे’ को यो गीत पनि सबैलाई मन पर्ने बिश्वास निर्माण टिमको छ ।

फिल्मका निर्माता त्रय डिपी भण्डारी,हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी (जिएम) ले आफूहरु नयाँ भए तापनि फिल्म मज्बुत बनेकाले ‘लाखे’ पछि पनि निरन्तर निर्माणमा लाग्ने प्रतिबद्धता दोहोर्याए । कोरियोग्राफर कबिराज गहतराजले आफ्ना बिगतका गीतहरु झै यो आइटम पनि दर्शकको मन मस्तिष्कमा बस्ने दावी गरे ।
डेंगु संक्रमणका कारण निर्देशक सम्राट बस्नेत र गीतका क्यामेराम्यान सौरभ लामा उपस्थित हुन नसकेको कार्यक्रममा चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का, चलचित्र पत्रकार तथा फिल्म निर्देशक लक्ष्मण सुवेदीलगायतले ‘लाखे’ लाई सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

सिजन अर्यालको कथा र निर्माण रहेको फिल्मको निर्मातामा डिपी भण्डारी र गणेश मल्ल ठकुरी (जिएम) छन् । हरि मल्ल ठकुरी कार्यकारी निर्माता रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् । सौगात मल्ल, अनुप बिक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, वर्षा राउत, रोहित रुम्वा, संजोग राणा, सुशील सिटौला, प्रशान्त ताम्राकार, रक्षा बुढाथोकी, कालु राना, सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा रहेको फिल्मको द्धन्द्ध पनि निर्देशक सम्राटले नै निर्देशन गरेका छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मकोे पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?