सेयर बजारमा दोहोरो अंकको गिरावट

Read Time = 3 mins

काठमाडौं । सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार सेयर बजार नेप्सेसँगै कारोबार रकमसमेत साढे ६४ करोडमा खुम्चिन पुगेको छ । नेप्से १२.८१ अंकले घटेर १८४५.५१ अंकमा झरेको हो । ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि २.६६ अंकले घटेर ३६२.९६ अंकमा झरेको छ । नेपाल स्टक एक्सचेन्ज(नेप्से)का अनुसार यस दिन दुई सय १६ कम्पनीका २१ लाख ५१ हजार सात सय १४ कित्ता सेयर ६४ करोड ३६ लाख सात हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको छ । कारोबार रकम गत सोमबारको तुलनामा १२ करोड ७८ लाख बढी हो ।

कारोबार भएका १३ समूहमध्ये होटल तथा पर्यटनबाहेक ११ वटै समूहको सेयर मूल्यमा गिरावट आएको छ । होटल १.५६ प्रतिशत र म्युचुअल फण्ड ०.१८ प्रतिशतले बढेको छ भने फाइनान्स सर्वाधिक २.५४ प्रतिशत, हाइड्रोपावर १.८३ प्रतिशत, विकास बैंक सूचक १.३५ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा सोल्टी होटलको सर्वाधिक तीन करोड ७२ लाख १२ हजार नौ सय ३५ रुपैयाँको सेयर कारोबार भएको छ भने नबिल बैंकको दुई करोड ४१ लाख, रिडी पावर दुई करोड ३३ लाख, हिमालयन डिष्टिलरी एक करोड ८६ लाख र एनआइसी एसिया बैंकको एक करोड ४४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

अभियान लघुवित्तको सेयर १० प्रतिशत बढेर ८८८.८० रुपैयाँ पुगेको छ भने सयपत्री हाइड्रोपावरको ९.९९ प्रतिशत बढेर २३५.६० रुपैयाँ पुगेको छ । सिटिजन्स म्युचुअल फण्ड-२ को ९.९४, अपर हेवाखोलाको ७.६९ र सोल्टी होटलको सेयरमूल्य ४.९३ प्रतिशतले बढेको छ । पिपुल्स पावरको सेयरमूल्य सबैभन्दा धेरै ७.४७ प्रतिशतले घटेर दुई सय १३ रुपैयाँमा झरेको छ । सामलिङ पावरको ६.१३ प्रतिशत, विन लघुवित्त पाँच प्रतिशत, रिभर फल्सको ४.९१ प्रतिशत, कुमारी धनवृद्धि योजनाको इकाई ४.६७ प्रतिशतले घटेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?