केही समययतादेखि हाम्रो भूमिमा पूर्वीय दर्शन बारे नकारात्मक भ्रम फैलाउने प्रयास गरिएको छ । चाडबाड आउँदा पनि नानाथरिका टीकाटिप्पणी गर्ने गरेको सुनिन्छ । एकमात्र वैदिक भूमिलाई अल्मल्याउने काम गर्दै धर्म निरपेक्ष जस्ताको वकालत गर्ने गरिएको पनि देख्न, सुन्न पाइन्छ, यसबारे भ्रम चिर्ने प्रयास गरिएको छ यो आलेखमा । दर्शन शब्दको उत्पत्ति देख्नु भन्ने शब्दबाट भएको हो । दृष्यते अनेन इति दर्शनम् भन्ने अर्थमा देख्नु नै दर्शनको मुख्य सार हो । अंग्रेजी भाषामा दर्शनलाई फिलोसफी भनिन्छ यहाँ फिलोस र सफिया को अर्थ ज्ञान भन्ने बुझिन्छ । ज्ञानको अनुराग भन्ने अर्थ बुझिन्छ । पश्चिमी दर्शनको पनि अन्तिम आधार ज्ञान नै हो र परमतत्व वा परम सत्यलाई जान्नु नै दर्शन भनिएको हो ।
दर्शनशास्त्र गहन बौद्धिक शास्त्र हो । यसबाट मानिसले सम्पूर्ण विश्वज्ञानलाई समष्टिगत रूपमा एकैपटक बुझ्न पाउँछन् । सोसियो साइन्सबाट यो शब्द निर्माण भएको र यसको अर्थ जान्नु हो । विज्ञानको अर्थ ठीक-ठीक ज्ञान प्राप्त गर्नु हो । दर्शनको उद्देश्य पनि ज्ञान प्राप्त गर्ने नै हो । फरक यति हो, विज्ञानबाट भौतिक लाभ र दर्शनबाट आध्यात्मिक लाभ प्राप्त हुन्छ । डा.राधाकृष्णका अनुसार धर्मको उद्देश्य आत्माको शक्ति हो र दर्शनको उद्देश्य सत्यको खोजी हो । धर्मको उद्देश्य सत्यको खोजी हो । धर्मको उद्देश्य ज्ञान प्राप्ति हो । धर्मको स्वरूप भने सेवा र पूजा हो ।
पूर्वीय धर्म दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक, सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तनसमेत हुन पुग्छ ।
पूर्वीय दर्शनका विभिन्न स्वरूप छन् । जस्तै : सांख्यदर्शन, योगदर्शन, न्यायदर्शन, वैशेषिक दर्शन, मिमांसा दर्शन, वेदान्त दर्शन । यी त भए सबै आस्तिक (ईश्वर मान्ने) दर्शन । नास्तिक दर्शन (ईश्वर नमान्ने) पनि हाम्रो पूर्वीय दर्शनमा छन् । ती हुन् चार्वाक दर्शन, बौद्ध दर्शन र जैन दर्शन । यहाँ पूर्वीय दर्शनभित्रका केही आस्तिक दर्शनलाई सूत्रात्मक शैलीमा सार संक्षेपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ ।
पश्चिमी दार्शनिक, अन्वेषकहरूमा डा.फ्राइड, डा.युंग, एडलर हेलफिल्ड, डा.ब्राउन आदि मुख्य छन् । अठारौँ शताब्दीका प्रख्यात पाश्चात्य दार्शनिक लेविनिजले यस संसारलाई परमाणुद्वारा बनेको भनेका छन् । परमाणुलाई उनले मोनाण्ड नामकरण गरे । यसैलाई चित् अणु भनिन्छ । प्रसिद्ध वैज्ञानिक ग्यालिलियोले गणितीय सिद्धान्त अनुसार प्रकृति असंख्य अणुद्वारा बनेको भनेका छन् । पदार्थको विस्तार यसैबाट भएको हो । पदार्थमा आकर्षण शक्ति हुन्छ । यसैले गर्दा सम्पूर्ण ब्रहृमाण्ड, ग्रह, तारा, नक्षत्र आदि सञ्चालित छन् । गुरुत्वाकर्षणको सिद्धान्तले हामी बस्ने पृथ्वी अडेको छ । न्युटनको यो सिद्धान्त गुरुत्वबल पूर्वीय वैशेषिक दर्शनमा यसअघि नै प्रतिपादित थियो ।
उनले यसको व्यावहारिक प्रयोगको व्याख्या गरेका हुन् । पूर्वीय दर्शनमा यस्ता धेरै सिद्धान्त अनुसन्धान र खोजीको घेराभित्रै छन् । विज्ञानले प्रतिपादन गरेको सिद्धान्त आवाज वा साउण्ड एक माध्यमबाट अर्को माध्यमसम्म फैलिएर जान्छ भन्ने मर्म पूर्वीय न्यायदर्शनमा पाइन्छ । संस्कृति भन्नाले चाहिँ मानवको सम्पूर्ण चरित्रभन्दा अत्युक्ति हुँदैन । पूर्वीय धर्म दर्शनमा ऋग्वेदको आरम्भदेखि नै मानव जीवन स्वस्थ र सन्तुलित हुनुपर्ने संकेत भएको छ । स्वस्थ जीवनबाटै स्वस्थ समाज निर्माण हुन्छ । स्वस्थ, सन्तुलित, चारित्रिक, सभ्य नागरिक समाजबाट देशप्रेम र ईश्वरीय चिन्तनसमेत हुन पुग्छ । अरूलाई नदिई स्वयंले मात्र प्रयोग गरेको अन्न विष तुल्य हुन्छ भन्ने वाक्यांशले पूर्वीय मानव जीवनको संस्कृति, सभ्यता र पुण्य कर्मको सन्देश मिल्छ ।
पूर्वीय दर्शन पूर्ण वैज्ञानिक छ । कुनै व्यक्ति विशेषले भावावेगमा यो तयार पारेको होइन, सम्पूर्ण संसारको विधि, व्याख्या र विश्लेषण गरिएका आत्मचिन्तनका विषय वस्तुमध्ये जीव र जगत्को सञ्चालक, मनको व्याख्या, मनका अनुभूतिअनुरूप बिम्ब बन्ने, बिम्बअनुरूप जगत् प्रतीत हुने र बिम्बअनुरूप नै कार्य हुने भएकाले हरेक कार्यहरूको उद्गमस्थल मानव मन नै हो । जीव उत्पतिको कारण, कर्म र संस्कार, बन्धन, मोक्ष, पुनर्जन्म र सिद्धि, स्वप्न, निद्रा, रोग, तनाव, शान्ति, अशान्ति, चरित्र, पतन, वासना, मूर्खता, उत्साह मूल कारक तत्व मन नै हो ।
सिद्धि, सफलता, सुख, शान्ति र आरोग्यका लागि पूर्वीय वैदिक चिन्तनलाई हामीले सदैव मनन गर्न सके हामी, हाम्रो जीवन र जगत् सबै हाम्रो परम लक्ष्यतिर उन्मुख हुन सक्छौँ । गीताको मर्म पनि यही हो । यस्तै परमार्थ चिन्तन, तपस्या, ध्यान र साधनाबाट गौतम बुद्धलाई सिद्धि मिलेको भन्ने तथ्य पनि सर्वत्र जगजाहेर छ । नैयायिकहरूले पनि भनेका छन्- मन नै सुखदुःखका कारण हो । पूर्वमिमांसा सांख्य दर्शनमा मन र आत्मालाई विभु भनिएको छ । विभु वा प्रज्ञा भन्नु जीवनको यथार्थ ज्ञान हो । हाम्रो मुलुक देवभूमि हो । हरेक युगमा यसको वर्चश्व कायम छ । सत्य, त्रेता, द्वापरदेखि करिब पाँच हजार एक सय तेईस वर्ष पुरानो कलियुग आरम्भदेखि नै यो तपोभूमिकै रूपमा छ ।
सत्ययुगमा यस क्षेत्रको नाम ‘सत्यपुरी’ त्रेतामा ‘तपोवन’, द्वापरमा ‘मुक्तिपुर’ र कलिमा यसलाई ‘नेपाल’ भनिन्छ । सात्विक यथार्थलाई आत्मसात् गर्दा ने मुनिले धर्मद्वारा बसालेको नेपाल नगरी आफैँमा देवभूमि हो । यस्तो पुण्यभूमिमा गरिएका हरेक कार्यहरू पुण्यदायी र प्रेरणादायी हुने भएकाले विश्वका धेरै मुलुकबाट नेपाल भ्रमणका लागि मानिसहरू यहाँ आउने गर्दछन् । विश्वकै शिरभाग सगरमाथा र शिवपुरी, शिवक्षेत्र, पशुपतिनाथ प्राप्ति हाम्रो ठूलो पुण्यको फल हो । तमाम देवताहरूको निवास क्षेत्र नेपालमा अशान्तिका काला बादल मडारिइरहँदा भने हर नेपालीका हृदयमा गम्भीर प्रश्न खडा भएको छ ।
उद्योगविनाको दिन तथा परिश्रमविनाको जीवन पवित्र हुन सक्तैन रस्किनकोे भनाइ हो यो । सत्याग्रह सबभन्दा ठूलो र सर्वोपरि बल हो, यसले तोपले भन्दा ठूलो काम गर्छ महात्मा गान्धीको भनाइ हो यो । द्वन्द्वबाट शान्तितर्फ अग्रसर भएका हाम्रा दाजुभाइ दिदीबहिनीले यी मार्मिक कुरा बुझ्नु जरुरी छ । साँच्चै हतियारभन्दा कलमबहादुर हुन्छ भन्ने पूर्वीय चिन्तनलाई हामीले थप उजागर गर्नुपरेको छ । क्रान्तिपछि राजनीति एउटा सामाजिक विकास र पुनःस्थापनाको साधन बन्न जान्छ, कार्ल माक्र्सको भनाइ हो योे । अभैm हामीकहाँ भने अशान्तिका काला बादल मडारिँदै छन् ।
मानिस स्वतः धर्मभीरु हुन्छ, धर्मभीरु हुनु कायरता होइन भन्ने पूर्वीय दर्शनलाई सदैव बोकिरहने हामीले भौतिक जगत् भन्नु क्षणिक सुखको अनुभूति मात्र हो भन्ने दृढ संकल्पका साथ अध्यात्म जागरण अभियानमा खटेर लाग्नुपर्छ । पानीविनाको बिजुली कल्पना गर्न नसकिएझैँ अध्यात्मविनाको भौतिक संसार शून्य हुन्छ । जीव, जीवात्मादेखि सारा संसारका रचयिता परमेश्वरप्रतिको स्नेहको गाँठो बलियो पार्ने विचार नै अध्यात्म चिन्तन हो ।
स्थूल शरीरको सुख, सूक्ष्म शरीर, मन आत्माको विश्लेषण गरी जीवन र जगत् अनि जगदीश्वरको साकार तथा निराकार चिन्तन विद्या नै अध्यात्म विद्या हो । अध्यात्म विद्यासँग रहेको पूर्वीय संस्कृतिले यस विद्यालाई सागरतुल्य गहिराइमा र आकाशतुल्य अनन्तमा फैलाइदिएका छन् ।
स्थूल शरीरको सुख, सूक्ष्म शरीर, मन र कारण शरीर आत्माको विश्लेषण गरी जीवन–जगत् अनि जगदीश्वरको साकार तथा निराकार चिन्तन विद्या नै अध्यात्म विद्या हो । अध्यात्म विद्यासँग रहेको पूर्वीय संस्कृतिले यस विद्यालाई सागरतुल्य गहिराइमा र आकाशतुल्य अनन्तमा फैलाइदिएका छन् ।
जीवन र जगत्को खोजीको विषयमा अध्यात्म ज्ञान परम ज्ञान सम्झी सदैव जीव, जगत् र जगदीश्वरबारे खोजी गरिरहनुपर्छ, कारण अध्ययन भन्नु आकाशमा चम्किने सूर्य जस्तै हो विलियम शेक्सपियरको भनाइ हो यो । वेदले पनि आत्मा अमर छ र सूर्यरूपी आत्मा नै जगत्को मालिक परमात्माको अभिव्यक्ति हो भनेको छ ।
असत्य भाषण र बोलचाल सबैभन्दा ठूलो पाप हो । अरूको निन्दा तिरस्कार र अपमान गर्नु अझ ठूलो पाप हो अनि आफ्नै स्वजातीय र आफन्तको निन्दा गर्नु भनेको जघन्य पाप हो रवीन्द्रनाथ टैगोरको भनाइ हो यो । योे उक्तिलाई मानिसले सदैव आत्मासात् गर्नुपर्छ । मानवताविहीन कार्यहरू गर्नेलाई वेदले पनि प्रायश्चित गर्न सकेको छैन । पूर्वीय संस्कृतिमा वेदलाई ईश्वरको बोलीको रूपमा लिइएको छ ।
सत्यं वद, धर्मंंचर स्वाध्यायान् मा प्रमद, कामं क्रोधञ्च जहि को मूल मन्त्रले बाल्यवस्थादेखि नै सदाचार, मातृपितृ भक्ति, गुरु भक्ति, देशभक्ति, आफूभन्दा ठूलाको सम्मान, ईश्वरप्रति आस्था, सानाप्रति दया र स्नेह भावले नै व्यक्ति, समूह, समुदाय, संस्था र राष्ट्रप्रति प्रेम र जिम्मेवार हुन सकिन्छ भन्ने बोध गराउँछ । त्यतिमात्रै होइन सबैप्रति श्रद्धा हुन्छ, आफूप्रति स्वाध्याय हुन्छ । धर्म, अर्थ, काम र मोक्षरूपी पुरुषार्थ सिद्ध हुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच