जबरजस्ती करणी मुद्दामा कारागारमा रहेका  कैदीको उपचारका क्रममा मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

बिराटनगर। मोरङमा कैद सजाय भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको छ ।

विराटनगरस्थित जिल्ला कारागारमा जबरजस्ती करणी मुद्दाका कैदी मोरङको केराबारी गाउँपालिका–१ का ५० वर्षीय डिकबहादुर विकको मृत्यु भएको हो ।

निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा बिहीबार साँझ ५ बजेतिर विकको मृत्यु भएको हो । मुटु तथा पेटको समस्या देखिएपछि नोबेल शिक्षण अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो ।

जबरजस्ती करणी मुद्दामा विकलाई जिल्ला अदालत मोरङले २०७४ चैत ८ गते १० वर्ष कैद सजायको फैसला गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?