आज पनि सार्वजनिक बिदा

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । यस वर्षको तिहार सम्पन्न भएको छ । तर, सरकारी कार्यालयहरू आज पनि बन्द छन् । सरकारले आज पनि सार्वजनिक बिदा दिएको छ ।

लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो । यसअघिका वर्षमा तिहारमा तीन दिनमात्र सरकारी बिदा दिने गरेको थियो ।

अब सरकारी कार्यालयहरू सोमबार मात्रै खुल्नेछ । भोलि शनिबार र पर्सि छठको बिदा परेको छ ।

टिका लगाउन आ आफ्नो थातथलो गएका मानिसहरू आज मात्रै कार्यथलो फर्कन भ्याउने र भोलि शनिबार भएको कारण सरकारले आज एक दिन तिहारको बिदा थपिदिएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?