परिजिता अमेरिकी द भ्वाइसको तेस्रो चरणमा प्रवेश

Read Time = 1 min

काठमाडौं । अमेरिकामा बस्दै आउनुभएकी १७ वर्षीया नेपाली मूलकी परिजिता बास्तोला अमेरिकी ‘द भ्वाइस’ को तेस्रो चरणमा प्रवेश गर्नुभएको छ । अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आउनुभएकी उहाँले अन्य तीन प्रतियोगीलाई पछि पार्दै तेस्रो चरणमा प्रवेश गर्नुभएको हो ।

द भ्वाइसले २२औं संस्करणमा नयाँ ढाँचामा अनुसार पहिलो पटक तीन वटा कलाकारहरूका पालै पालो गीत सुनेपछि हराउने चरण (नकआउट एपिसोड) सुरु गरेको छ । यसपटक प्रतिस्पर्धीले आफैँले गीतहरू चयन गर्ने अवसर पाएका थिए । प्रस्तुतिपछि निर्णायकहरूले विजेता छनौट गर्दा परिजिता पनि परेकोले उहाँ तेस्रो चरणमा प्रवेश गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?