शासनमा अहङ्कार

डा. गणेशप्रसाद घिमिरे
Read Time = 15 mins

शासन व्यवस्था कहिल्यै पनि नराम्रो हुुँदैन । शासन चलाउने व्यक्तिले गर्ने निर्णयले नै शासन व्यवस्था कुुशासनमा परिवर्तन हुने गरेको देखिन्छ । शासनका सञ्चालक, उनीहरूका क्रियाकलाप र शासकलाई सल्लाह दिने सल्लाहकारहरू व्यवस्थालाई अगतिलो बनाउने पक्षधर बनेर आएका हुन्छन् । व्यवस्था आफैँमा नकारात्मक पद्यतिमा आएको हुुँदैन । प्रत्येक व्यवस्थाका आआफ्नै मर्यादा र सीमा रहेका हुुन्छन् । ती सीमामा आबद्ध प्रक्रियालाई उलङ्घन गरियो भने शासन व्यवस्थाका आचरण र व्यवहार कुशासनतिर गतिशील हुने गर्दछन् ।

प्राचीनकालमा देखिएका राजतन्त्र आफैँमा खराब थिएनन् । राज्यको शासनसञ्चालनमा राम, युुधिष्ठिर जस्ता शासनलाई सुुन्दर तरिकाले चलाएर आफूलाई सदा मर्यादामा राख्ने शासक पनि भए । रावण, दुुर्योधन र पुुत्रमोहमा परेका धृतराष्ट्रजस्ता शासक पनि भए ।

अहङ्कारका कारण संसारका धेरैजसो शासन व्यवस्थाका सञ्चालक पतनको भुुँमरीमा परेका छन् । अहङ्काररहित शासक नै असल शासक हो भन्ने कुुरालाई हाम्रा शास्त्रहरूले प्रमाणित गरिदिएका छन् । अहङ्कार शासकलाई पतनको खाल्डोमा लैजाने प्रमुुख कारण हो ।

यी दुुई प्रकारका तुलनात्मक पद्यतिलाई हेर्ने हो भने शासन व्यवस्थाका आधार शासकको सोच, भावना, अनुुभवलाई मान्न सकिन्छ । त्यसैले अहङ्कार शासकमा देखिने पतनको मुख्य कारण हो । यही अहङ्कारका कारण संसारका धेरैजसो शासन व्यवस्थाका सञ्चालक पतनको भुुँमरीमा परेका छन् । अहङ्काररहित शासक नै असल शासक हो भन्ने कुुरालाई हाम्रा शास्त्रहरूले प्रमाणित गरिदिएका छन् । अहङ्कार शासकलाई पतनको खाल्डोमा लैजाने प्रमुुख कारण हो ।

अहङ्कारको प्रतिबिम्ब :
रावण लङ्काका शासक थिए । विद्वान् भएर पनि उनमा बल, बुद्धिको अहङ्कार धेरै थियो । कालान्तरमा रावणले सीता हरण गरेपछि हनुुमानले रावणको लङ्का जलाए । रामको सेनामा रहेको एउटा वानरको त यत्रो बल छ भने रामको युद्धनीति मेरा लागि वा लङ्काका लागि भयानक बनेर आउनेछ भन्नेमा रावणलाई विश्वास थियो । उनकी आमा कैकसीका बुुबा माल्यवान लङ्कामा निवास गर्थे । हनुमानको पराक्रम देखेका माल्यवानले रावणलाई शासन व्यवस्था सञ्चालनमा अहङ्कारको स्थान नरहने तर्क प्रस्तुुत गरेका छन् । रामको एउटा सैनिकमा यस किसिमको बल छ जसले लङ्कालाई जलाएर ध्वस्त बनायो । त्यसैले हामी राक्षसका पक्षमा सदा अधर्म नै विद्यमान छ । अधर्मको कहिले पनि जित हुुँदैन ।
धर्मो हि श्रुुयते पक्षौ अमराणां महात्मनाम्
अधर्मो रक्षसां पक्षो हृयसुुराणां च राक्षस ।
धर्म सदा देवता र महात्माका पक्षमा छ । हामी असुरका पक्षमा त अधर्म छ । त्यसकारण युुद्धमा हाम्रो कहिले पनि जित हुुँदैन । माल्यवानको यो उक्तिले रावणको सत्ता अजेय छ भन्ने कल्पना गर्न सकिँदैन । अधर्मको सदा नाश र धर्मको हमेशा रक्षा ईश्वरको अपेक्षा मानिएको छ । ईश्वर धर्मको रक्षाका लागि अवतरित हुने गरेको मानिन्छ ।
तिमी मेरा नाति हौ । तिमीमा देखिएको अहङ्कारका कारण हाम्रो कुल वा सम्प्रदायमा सदा अधर्मले स्थान पाएको छ । शासकका हरेक कर्म र गुुण राज्य व्यवस्थाका लागि हुनुुपर्दछ । यदि राज्यसित सम्बद्ध कुराहरू शासन सञ्चालनमा देखापरेमा तिनको त्याग अनिवार्य मानिएको छ ।
विद्यास्वभिविनीतो यो राजा राजन् नयानुुगः
स शास्ति चिरमैश्वर्यमरींश्च कुुरुते वशे ।
चौध विद्याद्वारा सजिएको र नीतिको अनुुशरण गर्ने शासक नै राज्यको गतिलो शासक र शत्रुुलाई वशमा राख्ने क्षमताको हुुन्छ । यी गुुणहरू शासकका आन्तरिक गुण हुन् । शासन सत्ता सञ्चालनमा देखिएको नीति नै शासन पद्यतिको उत्तम मान्यता मानेका छन् प्राच्य ग्रन्थहरूले । शासनव्यवस्थामा शासक नीतिका माध्यमबाट चल्नुुपर्ने सुुझाव माल्यवानले राखे । माल्यवानको उक्त भावनालाई रावणले आफूूमा विद्यमान अहङ्कारका कारण गलत माने । यही कारण माल्यवानको भावलाई र उनले गरेको आग्रहलाई अस्वीकार गर्दै भन्छन् ः
रक्षसामीश्वरं मां च देवानां च भयंकरम्
हीनं मां मन्यसे केन अहीनं सर्वविक्रमैः ।
राक्षसको स्वामी, पराक्रमले युक्त, देवताको मनमा भय उत्पन्न गर्ने क्षमताले भरिएको मलाई तपाईं कुन कारणले रामभन्दा कमजोर ठान्नुुभयो । यो रावणमा देखिएको अहङ्कार थियो । यही अहङ्कारको अन्त्य नभएका कारण रावणको विनास भएको सत्य हो । शासनमा बसेर शासक बन्ने व्यक्तिमा अहङ्कारको बिम्ब रहनुु हुुँदैन । अहङ्कार, दम्भ र घमण्डले शासनमात्र होइन सम्पूूर्ण व्यवस्थाको नाश हुने गरेको देखिन्छ । शासन व्यवस्थाका हरेक अङ्गमा रहने व्यक्ति अहङ्कारी भयो भने सत्तामात्र होइन व्यवस्थामा पनि प्रश्नचिहृन उपस्थित हुुने गर्दछ ।

शत्रुुसितको व्यवहार :
हनुुमान्ले लङ्का जलाएपछि रावणमा एककिसिमको त्राश उत्पन्न भयो । यो भय उनले बाहिर आउन दिएनन् । सल्लाह परामर्श सबैसित गरे । सल्लाह गरे पनि उनले निर्णयमा अरूलाई उपस्थित हुुने अवसर दिएनन् । निर्णय उनको एकल रहृयो । यदि शत्रुु बलबान् छ भने सन्धि गर्नु नै उपयोगी हुने तर्क माल्यवानले राखे । रावणका लागि यो अपाच्य भयो । शासक समयानुुसार चल्नुु आवश्यक मानिन्छ । माल्यवान भन्छन् :
संदधानो हि कालेन विगृहृणश्चारिभि सह
स्वपक्षे वर्धनं कुुर्वन्महदैश्वर्यमश्नुुते ।
शासक समयको गतिलाई बुुझेर निरन्तर सक्रिय हुनुु आवश्यक हुुन्छ । समयको गति र शत्रुुको अवस्था बुुझेर सन्धि र विग्रह वा युुद्ध आवश्यक मानिएको छ । यो कुरा रावणलाई मन परेन । यस्तो अवस्थामा रावणको उक्तिलाई तुुलसीदासले रामचरितमानसमा भिन्न तरिकाले प्रस्तुत गरेका छन् ।
परिहरि वयरु देहुु बैदेही । भजहुु कृपानिधि परम सनेही ।
यहाँ माल्यवानले रावणलाई रामसित शत्रुुता त्यागेर सीतालाई फिर्ता दिन आग्रह गरे । राम साँच्ची कृपाका खानी हुुन् । उनले तिम्रा सबै गल्ती र अपराधलाई क्षमा गर्नेछन् भन्ने आशय व्यक्त गरे । तर, रावणका लागि यी नीतिका कुरा पचेनन् । सोही आधारमा रावणले आफ्नो अवधारणा बाहिर ल्याए । माल्यवानबाट व्यक्त भएका कुराहरू रावणका लागि पक्कै हितकर थिएनन् । माल्यवानले भनेका कुरा रावणका लागि बाण समान मानिए ।
ताके वचन बान सम लागे । करिआ मुह करि जाहि अभागे ।
रावण आफैँमा बलवान् र शक्ति सम्पन्न शासक मानिएका छन् । उनको शक्तिले देवताहरूको पनि शासन डग्मगाएको थियो । आफ्नी आमाका बुुबा माल्यवानले भनेका कुरालाई रावणले जुुन रूपमा लिए त्यसलाई तत्कालीन शासकमा देखिएको अहङ्कार मानिन्छ । माल्यवानलाई सम्बोधन गर्दै रावण भन्छन् :
बूूढ भएसि न त मरतेउँ तोही । अब जनि नयन देखावसि मोही ।
तपाईं वृद्ध अवस्थामा पुुग्नुुभयो र यस प्रकारका कुरा गरिरहनुुभएको छ । ममा शक्ति छ, क्षमता छ, सैन्यबल छ भन्ने भावलाई रावणले प्रकट गरे । म हजुुरलाई मार्ने थिएँ तर हजुुर बूढो भइसक्नुुभयो । अतः मेरो नजरबाट बाहिर जानुहोस् भन्ने आशय प्रकट गरे । रावणलाई माल्यवान, विभिषणले रामसित सम्झौता गर्न आग्रह गरे तर त्यसो हुन सकेन । अन्त्यमा शत्रुुु चिन्न नसक्ने र शत्रुुुको क्षमतालाई गहन तरिकाले अध्ययन गर्न नसक्ने रावणको र उनको राज्यको अन्त्य भयो । यही हो तत्कालीन शासकमा देखापरेको अहङ्कार । अहङ्कारको समन शासकमा अनिवार्यरूपले हुुनुु आवश्यक छ ।

आजका शासक :
आज संसारका विभिन्न देशमा विभिन्न प्रकारका शासन व्यवस्था चलिरहेका छन् । ती व्यवस्थाका हरेक पक्ष सकारात्मक र नकारात्मक भावनाले भरिएका छन् । कतै अहङ्कारको गन्धका कारण शासक संसारको मानवतालाई चुुनौती दिइरहेका छन् । त्यो चुनौती आणविक अस्त्रशस्त्रको हो । आणविक र जैविक हतियार प्रयोग गरेर संसारलाई तर्साउने खालका शासक आजको विश्वमा बगे्रल्ती देखापरेका छन् ।

मानिस संसारको सबैभन्दा बुुद्धिमान् प्राणी हो । उसका हरेक क्रियाले आउँदो पुुस्तालाई जीवन्त अवस्था प्रदान गरेको हुुन्छ । मानिसले मानिसलाई मानिसकै दृष्टिबाट हेरिदिने हो भने हतियारको आवश्यकता नै पर्ने थिएन । शासकमा विद्यमान अहङ्कार र देशले रक्षामा गरेको खर्चलाई यदि विकास निर्माण र मानवहितका लागि दिने हो भने संसारको कुनै पनि कुुनो मानव आवश्यकताबाट अछुुतो रहने थिएन । तर त्यसो हुन सकेको छैन । मानिस मानव बन्न सकेको छैन । शासक आफूलाई संसारको सबैभन्दा उच्च ओहदामा राख्ने प्राणीका रूपमा देखापरेको छ ।

आज संसारका विभिन्न देशमा विभिन्न प्रकारका शासन व्यवस्था चलिरहेका छन् । ती व्यवस्थाका हरेक पक्ष सकारात्मक र नकारात्मक भावनाले भरिएका छन् । अहङ्कारको गन्धका कारण शासक संसारको मानवतालाई चुुनौती दिइरहेका छन् । त्यो चुनौती आणविक अस्त्रशस्त्रको हो ।

रक्षामा गरिएको खर्चलाई प्रत्येक देशले गौरव ठानेका हुुन्छन् । शासकमा विद्यमान रहेको भावना र उसले लिने हरेक निर्णय मानिसको हितका लागि हुनुुपर्ने होइन र ? तर त्यसो हुन सकेको छैन । संसारमा आफ्नो देशको प्रभुुत्व जमाउने, मानिसलाई मारेर वा मानवताको चीरहरण गरेर हुन्छ त्यस कर्ममा आजका शासक लागिपरेका छन् । यो नै शासकहरूभित्र देखापरको अहङ्कारको गन्ध हो । यही गन्धमा त्रसित, व्यथित, उत्पीडित छ मानवता । यही मानवताको रक्षा शासकको गुुण हुुनुुपर्नेमा त्यसो हुुन नसक्नुु शासकमा देखिने अहङ्कार उसले प्रवाह गर्ने व्यवस्थाको पहिचान पनि हो ।

व्यवस्था आफैँमा राम्रो र नराम्रो हुुँदैन । कुनै पनि व्यवस्थामा सबै देशवासी अटाउनुु आवश्यक छ । यही शासन व्यवस्थामा हुुर्केको समाजलाई र प्रत्येक राष्ट्रलाई जीवन्त बनाउनु आवश्यक छ । शासक मृदुुभाषी, मिलनसार, सबैलाई आफ्नो ठान्ने, व्यक्तिगत चाहना, इच्छाभन्दा देश र देशवासी सबैभन्दा उच्च हुुन् भन्ने भावनाले सजियो भने संसार एउटा फूलबारी र संसारका जनता त्यही फूलबारीमा मग्मगाउने बास्नादार फूल हुने थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?