मानव पुस्तकालयको पाँचौं शृंखला सम्पन्न

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । मुक्तिनाथ दर्शन साहित्य समाज नेपाल तथा नवपुस्तकालयको संयुक्त आयोजनामा मानव पुस्तकालयको पाँचौं शृंखला सम्पन्न भएको छ । काठमाडौंको सुकेधारास्थित धोबीखोला किनारको नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्रमा आयोजित उक्त कार्यक्रम मानव पुस्तकालयको पाँचौं शृंखला हो ।

प्रत्येक महिनाको तेस्रो शनिबार आयेजना हुँदै आएको उक्त कार्यक्रम मानव नै एउटा पुस्तकालय हो भन्ने धारणका साथ प्रत्येका शृंखलाका कुनै दुईजना प्रतिष्ठित व्यक्तिका अनुभव, जीवनमा उहाँले त्यहाँसम्म पुग्न गर्नुपरेका संघर्ष तथा अब त्यस क्षेत्रमा भएका विसंगतिको सुधारका लागि के सल्लाह र सुझावहरू दिनुहुन्छ ? भन्ने विभिन्न प्रश्न सोधेर त्यसको उत्तर लिने गरिन्छ ।

मुक्तिनाथ दर्शन साहित्य समाज नेपालका अध्यक्ष हरिभक्त सिग्देल महेशको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. केशवकुमार श्रेष्ठ तथा वरिष्ठ साहित्यकार कलानिधि दाहाल यस शृंखलाको मानव पुस्तकालय रहनुभएको थियो । कार्यक्रममा विशेष अतिथि रहनुभएका वरिष्ठ पत्रकार, वरिष्ठ साहित्यकार तथा मानवअधिकारकर्मी प्रा.पुरुषोत्तम दाहालले साहित्य परिवर्तनशील छ र हिजो जे जस्तो परिस्थिति साहित्य लेखनमा थियो आज त्यस्तो छैन भन्नुभयो । रामायण र महाभारतकालको जस्तो साहित्य आज लेखिँदैन भन्दै उहाँले समयको परिवर्तनशीलता सँगसँगै यसलाई परिष्कृत र परिमार्जन गर्दै लगेर समसामयिक सन्दर्भमा लेखिनुपर्छ भन्ने विचार व्यक्त गर्नुभएको थियो ।

साहित्यकार रामचन्द्र दाहालले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विष्णुप्रसाद पन्त, युवराज मैनाली, विनोद दाहाल वत्स, ममता मृदुल, दुर्गा अधिकारी भमरकोटे, कल्पना दाहाल, अच्युत घिमिरेलगायत साहित्यकारको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?