भैरहवा । रुपन्देही १ (ख) उम्मेदवार असलम खानले राजनीतिक दलबाट खासै विकास नभएकाले आफूले स्वतन्त्र उम्मेदवारी दिएको बताउनुभएको छ । भैरहवामा सञ्चारकर्मीहरूसँगको छलफलमा उहाँले १५ वर्षदेखि राजनीतिमा लागे पनि पछिल्लो ६ महिनादेखि कुनै पार्टीमा नरही स्वतन्त्र रूपमा रहेको र अब कुनै पार्टीमा नरहने बताउनुभयो ।
ठूल्ठूला पार्टीका उम्मेदवारले जितेर गए पनि कुनै विकास नभएको र जनताको जीवनस्रर माथि नउठेकाले आफू स्वतन्त्र उम्मेदवार बनेको उहाँको भनाइ थियो । ‘जनताले निर्वाचित गरेर पठाए पनि विकास देखिने गरी नभएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दिएर निर्वाचनमा होमिएको छु । घरदैलोमा पनि जनता पक्षमा देखिएका छन् , सकारात्मक छन् । नतिजा पक्षमै आउने लाग्छ,’ असलमले भन्नुभयाे ।
जसपाको युवा संगठन समाजवादी युवा संघको केन्द्रीय उपाध्यक्ष भइसक्नु भएका उहाँले भ्रष्टाचारलाई नियन्त्रण गर्न र समाजको उत्थानकै लागि लागिपर्ने बताउनुभयाे । ‘दलहरूले व्यक्तिगत स्वार्थका लागि तालमेल र गठबन्धन गरेर जनतालाई फेरि भ्रमित पार्ने काम दोहोर्याइरहेका छन्, अहिले जनता जागरुक भएकाले मतदाताहरूले विश्वास गरेर मत दिइनु नै मेरो जित्ने आधार हो,’ उहाँले भन्नुभयाे ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच