रुपन्देही २ मा डा. निकोलसको सत्ता गठबन्धनलाई समर्थन

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 2 mins

रुपन्देही । हाम्रो नेपाली पार्टी ‘लौरो’ अभियानले रुपन्देही क्षेत्र नं. २ को प्रतिनीधि सभामा सत्ता गठबन्धनका उम्मेदवारलाई समर्थन गरेको छ । यो निर्वाचन क्षेत्रमा सो पार्टीले डा. निकोलस भुसाललाई उम्मेवार बनाएको थियो ।

छात्रबृत्तिमा एमडि अध्ययनगर्दै गरेका भुसालको उम्मेदवारी खारेज भएपछि सो पार्टीले एमालेका विरुद्ध सत्ता गठबन्धनका उम्मेवारलाई समर्थन गरेको हो ।

बुधबार सत्ता गठबन्धनले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा हाम्रो नेपाली पार्टी ‘लौरो’ अभियानका महासचिव तुलसीराम भुसालले अन्य स्थानको भन्दा बुटवलको परिस्थिती फरक भएकाले सत्ता गठबन्धनका उम्मेद्वारलाई समर्थन गर्ने निर्णय गरिएको जानकारी गराउनु भयो ।

‘यहाँ राजनीतिक भ्रुण हत्यागरिएको छ ।’ उहाँले भन्नुभयो-‘एमालेका विष्णु पौडेललाई हराए मात्रै न्याय हुन्छ ।’ यो निर्वाचन क्षेत्रमा एमालेले उपाध्यक्ष विष्णु पौडेललाई उम्मेदवार बनाएको छ ।

आफ्नो हार निश्चित भएपछि अनेक तिकडम र निर्वाचनआयोगदेखि अदालतसम्मको सेटिङमा एमाले उम्मेदवार पौडेलले आफूहरुको उम्मेदवारी खारेज गराएको भुसालकाे आरोप छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?