पूर्व सभामुख महराले गरे रोल्पाबाट मतदान

विवेक खड्का दाङ, संवाददाता
Read Time = 1 min

दाङ । प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनमा पूर्व सभामुख कृष्णबहादुर महराले आफ्नो मतदान केन्द्र रोल्पाबाट पहिलो मतदान गर्नुभएको छ। महराले रोल्पा नगरपालिका १ स्थित तारा माध्यामिक विद्यालयबाट पहिलो मतदान गरेपछि उक्त केन्द्रमा मतदान सुरु भएको थियो ।

मतदान पछी संक्षिप्त कुराकानी गर्दै महराले दशकौं देखिको आन्दोलनको उपलब्धि स्वरूप जनताले प्राप्त गरेको जनताको संबिधानको रक्षक र भक्षक बिचको लडाई भएको प्रतिक्रिया दिनुभयो संबिधान मास्न खोज्ने र देशलाई अस्थिरता तर्फ डोर्याउने प्रतिगामी शक्तिलाई जनताले चिनिसकेकाले प्रतिगामीलाई निर्वाचनबाट जनताले परास्त पार्नेछन र अग्रगामी शक्ति बाम-लोकतान्त्रिक गठबन्धनले निर्वाचनमा विजयी हाँसिल गर्ने छ उहाँको भनाइ थियो ।

संबिधान निर्माण पछी दोश्रो कार्यकालका लागि आज भइरहेको मतदानमा बिहानैदेखि मतदाताहरुको उत्साहजनक सहभागिता रहेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?