कसैको त्रासमा नपरी मतदान गर्न निर्वाचन आयुक्त डा. तुलाधरको आग्रह

हिमालय टाइम्स
Read Time = 1 min

लमजुङ । निर्वाचन आयुक्त डा. जानकीकुमारी तुलाधरले मतदान गर्नुभएको छ ।

आयुक्त डा. तुलाधरले लमजुङको सुन्दरबजार नगरपालिका-२ मा रहेको महेन्द्र मन्दिर मा.वि. मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदानपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै निर्वाचन आयुक्त डा. तुलाधरले मतदान गर्नका लागि ढुक्कसँग निर्वाचन केन्द्रमा जान आग्रह गर्नुभयो ।

उहाँले सुरक्षा व्यवस्थालाई पनि चुस्त बनाइएकाले कोही पनि त्रास, धम्कीमा नपरी आफ्नो अधिकारको प्रयोग गर्न आग्रह गर्नुभयो । उहाँले निर्वाचन आयोगले तोकेको बिहान ७ देखि बेलुका ५ बजेसम्मको समयमा मतदान गर्न आग्रह गर्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?