बैतडीमा नेकपा एमालेको अग्रता कायमै

रासस
Read Time = 2 mins

बैतडी । बैतडीमा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का दामोदर भण्डारीको अग्रता कायमै रहेको छ । सात हजार पाँच सय ५० मत गणना हुँदा भण्डारीले तीन हजार पाँच सय ९६ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरुले बताउनुभयो । उहाँलाई गठबन्धनका साझा उम्मेदवार नेकपा (माओवादी केन्द्र)का नरेन्द्र कुँवर (विजयसुन्दर)ले तीन हजार २९ मतका साथ पछ्याइरहनुभएको छ । बैतडीमा प्रतिनिधिसभामा एकमात्रै क्षेत्र हो ।

यस्तै प्रदेशसभा (१) मा सात हजार तीन सय मतगणना हुँदा एमालेका सुरेन्द्र पालले दुई हजार तीन सय ३६ मत प्राप्त गर्नुभएको छ । उहाँको पछिपछि रहँदै स्वतन्त्र उम्मेदवार हरिमोहन भण्डारीले दुई हजार एक सय ६३ मत पाउनुभएको छ । यसैगरी तेस्रो स्थानमा रहनुभएका नेपाली कांग्रेसका वीरबहादुर बिष्टले एक हजार तीन सय ३६ मत प्राप्त गर्नुभएको छ ।

यस्तै प्रदेशसभा (२) मा भने कांग्रेस अगाडि छ । आठ हजार छ सय ९५ मतगणना हुँदा नेपाली कांग्रेसका शिवराज भट्टले तीन हजार नौ सय ६० मत ल्याउँदा नेकपा एमालेका लीलाधर भट्टले तीन हजार आठ सय ७० मत प्राप्त गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?