सेनाका पविन दोस्रो चरणमा

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली सेनाका पविन लिनथेप प्रथम ललितपुर मेयर कप राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०७९ को दोस्रो चरणमा प्रवेश गर्नुभएको छ । ललितपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा नेपाल ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा बुधबारबाट भएको प्रतियोगिताको पुरुष एकलतर्फ हुम्लाका दशरथ बुढालाई २१-१२, २१-९ को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा स्थान बनाउनुभएको थियो ।

बालकुमारीस्थित बालकुमारी रिमिक्स क्लबको कभर्डहलमा भएको प्रतियोगिताको पुरुष एकलतर्फ अन्य विजयी खेलाडीहरूमा ललितपुरका राजेन्द्र महर्जन, १६ फिदरका अमन महर्जन, कैलालीका चन्द्रिका कथरिया, सेनाका अनिल मल्ल, कैलालीका शिशिर राना, रिभियरा इन्टरनेसनल एकेडेमीका सुमित थोकर, १६ फिदरका सुजन थापा, कञ्चनपुरका निखिल भट्ट, सूर्यदर्शन ब्याडमिन्टन एकेडेमीका हिरा राईले जित हात पार्नुभयो ।

१६ फिदरका सुलभ पौडेल, कास्कीका विसन गुरुङ, काठमाडांै ब्याडमिन्टन एकेडेमीका बविश थापा, भक्तपुरका मुकेश श्रेष्ठ, मोरङ जिल्ला ब्याडमिन्टन संघका सुप्रिम पन्त र सेनाका हिमाल चन्दले पनि दोस्रो स्थान हासिल गर्नुभयो ।

राष्ट्रिय वरीयतासमेत रहेको प्रतियोगितामा राजेन्द्रले देवीनगरका रिषभ राईलाई २१-१५, २१-११, अमनले सेनाका सन्तोष पनेरुलाई २१-१६, १४-२१, २१-१९, चन्द्रिकाले शुभकामना युवा क्लबका सनौला रैनीलाई १६-२१, २१-१३, २१-१५, अनिलले उदयपुरका विनय चौधरीलाई २१-१८, १९-२१, २१-१८, शिशिरले गजुरी ब्याडमिन्टन क्लबका आशिष रानालाई १८-२१, २१-१२, २१-१२, सुमितले मोरङ जिल्ला ब्याडमिन्टन संघका सुचक खड्काबाट वाकओभर, सुजनले सेनाका गोकुल जोराबाट वाकओभर, निखिलले दीपक ब्याडमिन्टन एकेडेमीका अमन तामाङलाई २१-१६, १९-२१, २१-१५, हिराले हिमरेकका डिकेन्द्र लम्साललाई २१-१५, २१-४, सुलभले सेनाका आकाश थापालाई २१-४, २१-५, विशनले भोजपुरका विशाल तामाङलाई १५-२१, २१-१४, २२-२० ले हराउनुभयो ।

यस्तै बविशले पाँचथरका एशिया जवेगुबाट वाकओभर, मुकेशले दीपक ब्याडमिन्टन एकेडेमीका निरञ्जन सिलवाललाई २१-११, २३-२१, सुप्रिमले संखुवासभाका प्रशान्त श्रेष्ठलाई २१-११, २१-१४ र हिमालले कोन्टी ब्याडमिन्टन क्लबका संगम मोक्तानलाई २१-१२, २१-९ ले पराजित गर्दै दोस्रो चरणमा स्थान पक्का गर्नुभएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?