गृहमन्त्री खाणलाई पछाडी पार्दे राप्रपाका बोहोराको अग्रता कायमै

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 1 min

बुटवल । रुपन्देही क्षेत्र नं ३ मा राप्रपाका दीपक बोहोरोले अग्रता कायम राख्नुभएको छ । हालसम्म ८४ हजार ७४ मतगणना भएको छ ।

पछिल्लो मत परिणामअनुसार बोहोराले ३२ हजार ८ सय ४८ मत ल्याएर अग्रता लिइरहनुभएको छ भने नेपाली कांग्रेसका बालकृष्ण खाणले ३१ हजार ६ मतका साथ पछ्याउँदै हुनुहुन्छ ।

अहिले तीन वटा वडाको बाँकी मत गणना भइरहेको छ । यसैगरी प्रदेश सभा सदस्यमा एमालेका तुलसीप्रसाद चौधरीले १३ हजार ४२२ मतले अग्रता लिनुभएको छ भने नेपाली कांग्रेसका रामचन्द्र ढकालले १३ हजार ३६७ मतका साथ पछ्याइरहनुभएको छ ।

अझै छ हजार मत गणना बाँकी रहेको निर्वाचन कार्यालयले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?