सुनचाँदी पदार्थ सहज आपूर्तिको माग

Read Time = 2 mins

काठमाडौं । सुनचाँदी व्यवसायीले कच्चा पदार्थको सुलभ र प्रभावकारी आपूर्ति व्यवस्थापन गर्न आग्रह गरेका छन् । कच्चा पदार्थ अभावमा व्यवसाय सञ्चालनमै कठिनाइ भएको भन्दै आपूर्ति व्यवस्था सुधार गर्न आग्रह गरेका हुन् ।

नेपाल सुनचाँदी व्यवसायी संघ चितवनको प्रतिनिधिमण्डलले सोमबार नेपाल सुनचाँदी व्यवसायी महासंघमा ज्ञापनपत्र बुझाउँदै आपूर्ति व्यवस्था प्रभावकारी बनाउन सरकारसँग आवश्यक समन्वयसमेत गर्न आग्रह गरेको छ ।

संघका अध्यक्ष डा. यमबहादुर विश्वकर्मा नेतृत्वको प्रतिनिधिमण्डले महासंघ अध्यक्ष माणिकरत्न शाक्यलाई ज्ञापनपत्र बुझाउने क्रममा सुन वितरण प्रणालीसमेत सुधार गरी समसामयिक र व्यावहारिक बनाउन आग्रह गरेको छ ।

महासंघका अध्यक्ष शाक्यले व्यवसायीका गुनासालाई महासंघले गम्भीररूपमा लिएको भन्दै समस्या समाधानका लागि आवश्यक पहल गर्ने प्रतिबद्धता जनाउनुुभयो ।

सो अवसरमा महासंघका वरिष्ठ उपाध्यक्ष अर्जुन रसाइली, विशिष्ट सदस्य माणिकरत्न शाक्य, उपाध्यक्ष विपिन रामुदामु, पवनकुमार सोमानी, महेन्द्र शाक्य, कोषाध्यक्ष सुदिप श्रेष्ठ, सहकोषाध्यक्ष पद्मसुुन्दर शाक्यलगायतको उपस्थिति रहेको थियो । महासंघका अनुसार पछिल्लो समयमा विभिन्न बैंकमार्फत् दैनिक १० केजी सुन आपूर्ति हुँदै आएको छ तर बजार माग निकै बढी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?