नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्छः प्रकाशमान सिंह

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । नेपाली काँग्रेसका नेता तथा काठमाडौं क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य प्रकाशमान सिंहले नेवारी संस्कृतिको माध्यमबाट नेपाललाई विश्वभर चिनाउनुपर्ने बताउनुभएको छ ।

बिहीवार ज्यापु संस्कृति विकास कोषले १९ औँ राष्ट्रिय ज्यापु दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले विदेशीहरुलाई नेवारी संस्कृतिको माध्यमबाट नेपाल चिनाउनुपर्ने बताउनुभएको हो ।

४५उहाँले नेवारी संस्कृति नेपाललाई विश्वमाझ चिनाउने सशक्त माध्यम भएको उल्लेख गर्दै यसतर्फ सबैले ध्यान दिनुपर्ने बताउनु भयो । नेता सिंहले नेवारहरुको पहिचान नै भाषाको पहिचान भएको भन्दै नेवारी भाषालाई पनि जोड दिएर अगाडी बढाउनुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो- ‘अब हामीले लामो कुरा गर्ने भन्दा पनि कामले गरेर देखाउनुपरेको छ । समय परिवर्तनशिल छ र परिवर्तित समय अनुसार हामीले आफ्नो समुदायलाई सुहाँउँदो किसिमले आफ्नो काम गर्ने तरिकामा, सोचमा, गराईमा हामीले समयको माग बमोजिम सिक्नुपर्छ र त्यही अनुसार अगाडी बढ्नुपर्छ । तर समय परिवर्तनशिल छ भन्दैमा हाम्रा पुर्खाहरुले स्थापित गरेको हाम्रो मौलिक संस्कृतिलाई पनि हामीहरुले पूरै अवमूल्यन (टोटल्ली माइनस) गर्न मिल्दैन भन्ने कुरामा सजग हुनुपर्छ । हाम्रो पहिचान भनेकै भाषाको पहिचान हो । नेवारी भाषाको जोड दिएर जुन रुपमा अगाडी बढाउनुपर्ने हो त्यसमा सबै मिलेर काम गर्नुपर्छ । यसलाई हामी सबैले महशुस गर्नुपर्छ । हाम्रो जुन संस्कृति छ । नेपालको विदेशीहरुले चिन्ने भनेकै नेवारी संस्कृतिबाट नेपाललाई चिनाउने सशक्त माध्यमको रुपमा अझ काम गरेर अगाडी बढाउनुपर्छ । यसमा ध्यान दिनुपर्छ ।’

उहाँले पुर्खाहरुले स्थापित गरेका मौलिक संस्कृतिहरुलाई नयाँ पुस्ताले अवमूल्यन गर्नु नहुने बताउनु भयो । यद्यपी समय अनुसार भने परिवर्तन भने हुँदै जानुपर्ने उहाँको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?

JUST IN
राजधानीमा विविध कार्यक्रमसहित मनाइयो ३२ औं विश्व आदिवासी दिवस (तस्बिरहरु) आर्थिक आत्मनिर्भरता वृद्धिसँगै सम्बन्धविच्छेदका मुद्दा पनि बढे सडकमा सिठी फुकेर मात्र ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्युनिकरण गर्न सकिँदैन :… सम्पर्कविहीन पूर्वमेयर किरण सिंह गोरुसिङ्गे जंगलमा मृत फेला ‘सिंहदरबार’को नाम परिवर्तन गरी ‘अनामनगर दरबार’ राख्न सांसद हरि ढकालको प्रस्ताव सुनको मूल्य तोलामा चार हजार आठ सयले बढ्यो, आज कतिमा हुँदैछ काराेबार… सरकार लक्ष्यबाट विमुख भए हस्तक्षेप गर्छौं : रवि लामिछाने सरकारको पूर्ण मूल्याङ्कन गर्ने बेला भएको छैन, तर केही छनक देखिनुपर्थ्यो :… विविधतामा एकताले राष्ट्रिय अखण्डता बलियो बनाउँछ : राष्ट्रपति गोसाइँकुण्डमा जनैपूर्णिमा मेलाको तयारी