भारतविरुद्धको सिरिज बंगलादेशलाई

Read Time = 3 mins

ढाका । घरेलु टोली बंगलादेशले एक खेलअगावै भारतविरुद्धको एकदिवसीय क्रिकेट सिरिज आफ्नो पक्षमा पारेको छ । मिरपुरमा बुधबार सम्पन्न दोस्रो एकदिवसीय खेलमा भारतमाथि पाँच रनको रोमाञ्चक जित निकाल्दै बंगलादेशले सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो । पहिलो खेलमा पनि बंगलादेशले भारतलाई १ विकेटले पराजित गरेको थियो ।

जितका लागि २७२ रनको विजयी लक्ष्य पछ्याएको भारतले ९ विकेट गुमाएर २६६ रनमात्र जोड्न सक्यो । श्रेयस अयरले सर्वाधिक ८२ रन तथा रोहित शर्माले अविजित ५१ रन बनाए पनि त्यसले टोलीको हार टार्न सकेन । अक्षर पटेलले ५६ रनको योगदान दिनुभयो ।
ओपनर विराट कोहली ५ तथा शिखर धवन ८ रनमा आउट भएपछि भारत दबाबमा आएको थियो । एक समय भारत ४-६५ को कमजोर अवस्थामा पुगेको थियो । त्यसपछि श्रेयस अयर र अक्षर पटेलले पाँचाँै विकेटका लागि १०७ रनको शतकीय साझेदारी गरेपछि भारत जिततर्फ अघि बढेको थियो ।

वासिङ्टन सुन्दर ११, केएल राहुल १४, शार्दुल ठाकुरले ७ तथा दीपक चहारले ११ रन बटुल्नुभयो । बंगलादेशका इवाडोट हुसेनले ३ तथा मेहेदी हसन मिराज र शकिव अल हसनले समान २ विकेट लिनुभयो । मुस्ताफिजुर रहमान र मामुदुल्लाहले समान १ विकेट लिनुभयो ।
त्यसअघि शेरे बंगला राष्ट्रिय रंगशाला मिरपुरमा बुधबार टस जितेर पहिले ब्याटिङ गरेको बंगलादेशले ७ विकेट गुमाएर २७१ रन जोडेको थियो । मेहेदी हसन मिराजले अविजित १ सय रनको पारी खेलेपछि बंगलादेशले सम्मानजनक योगफल खडा गरेको थियो । ८३ बल खेल्नुभएका उहाँले ८ चौका प्रहार गर्नुभयो । मामुदुल्लाहले ९६ बलमा ७ चौकाको मद्दतमा ७७ रन बनाउनुभयो ।

ओपनर अनमुल हक ११ रनमा तथा कप्तान लिटन दास ७ रनमा आउट हुनुभयो । नजमुल हुसेन सान्टो २१ रनमा आउट हुनुभयो । शकिव अल हसनले ८ रन जोड्दा मुस्ताफिक रहमानले ११ रन बटुल्नुभयो । अफिफ हुसेन शून्यमा आउट हुँदा नासुह अहमद १८ रनमा अविजित रहनुभयो । भारतका वासिङ्टन सुन्दरले ३ तथा मोहम्मद सिराज र उमरन मलिकले समान २ विकेट लिनुभयो । तेस्रो तथा अन्तिम खेल शनिबार हुनेछ । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?