भक्तपुरमा स्कुटीको ठक्करबाट पैदलयात्रीको मृत्यु

हिमालय टाइम्स
Read Time = 2 mins

भक्तपुर । भक्तपुरको बोडे मनहरा पुल नजिकै स्कुटीले पैदलयात्रीलाई ठक्कर दिंदा पैदलयात्रीको मृत्यु भएको भएको छ । काठमाडौंको मुलपानीबाट बोडेतर्फ आउँंदै गरेको बा ७६ प ९०३५ नम्वरको स्कुटीले पैदलयात्रुलाई ठक्कर दिँदा चितवन भरतपुर महानरपालिका घर भई हाल मध्यपुर थिमि नगरपालिका वडा नं ९ बोडे वस्ने वर्ष ४४ को सन्तबहादुर श्रेष्ठको मृत्यु भएको हो ।

भक्तपुर प्रहरी परिसरले जनाएअनुसार दुर्घटनापछि उपचारका लागि अस्पताल लगिएको सन्तबहादुरको मृत्य भएको हो । दुर्घटनापछि उपचारका लागि सन्तबहादुरलाई नजिकैको मध्यपुर अस्पताल लगिएको थियो । त्यहाबाट प्रारम्भिक उपचारपछि थप उपचारका लागि नर्भिक अस्प्ताल रिफर गरिएको थियो । उनको नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

भक्तपुर प्रहरी परिसरका सूचना अधिकृत राजु पाण्डेले दुर्घटनामा संलग्न स्कुटी चालक सिन्धुपाल्चोक लिसंखुपाखर गाउँंपालिका वडा नं ७ घर भई हाल काडमाडौं बौद्ध वस्ने वर्ष २२ को पाल्देन लामालाई नियन्त्रणमा लिइएको बताउनुभयाे । स्कुटी र उनी हाल मध्यपुरको प्रहरी बृत ठिमीको नियन्त्रणमा रहेको उहाँले बताउनुभयाे ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?