वरिष्ठ साहित्यकार कृष्ण जोशीको श्रद्धाञ्जलि सभा सम्पन्न

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । वरिष्ठ साहित्यकार कृष्ण जोशीको श्रद्धाञ्जलि सभा सम्पन्न गरिएको छ । शुक्रबार काठमाडौंको मीनभवनस्थित थाहा पुस्तकालयमा वासु शशी स्मृति परिषद् र साहित्यिक पत्रकार संघले संयुक्तरूपमा आयोजना गरेको सभामा वरिष्ठ साहित्यकार जोशीको स्मरण गरिएको हो ।

साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकालीको सभापतित्वमा आयोजित सो सभामा अध्यक्ष लेकाली, वरिष्ठ इतिहासविद् प्रा.डा.सुरेन्द्र केसी, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, वरिष्ठ साहित्यकारहरू शैलेन्द्र साकार, श्रीओम श्रेष्ठ रोदन, गोविन्द गिरि प्रेरणा, समालोचक गोविन्दमान सिंह कार्की, दिलिप श्रेष्ठलगायतले आ-आफ्नो मन्तव्य राख्दै कवि कृष्ण जोशीप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको थियो ।

सभामा वासु शशी स्मृति परिषद्का उपाध्यक्ष साहित्यकार हीरण्यकुमारी पाठकले धन्यवाद ज्ञापन र सचिव कवि प्रद्युम्न जोशीले स्वागत मन्तव्य तथा कार्यक्रमको सञ्चालन कवि यादव भट्टराईले गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?