सहकारीमा देखिएको समस्या सुधार नभएसम्म अर्थतन्त्र चलायमान हुँदैन : सचिव डा. रेग्मी

Read Time = 2 mins

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा. दामोदर रेग्मीले सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताउनुभएको छ ।

बिहीवार मन्त्रालयमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले प्रकाशित गरेको सहकारी सुशासन बुलेटिनको विमोचन कार्यक्रममा बोल्दै सचिव रेग्मीले यस्तो बताउनुभएको हो । उहाँले सहकारीहरुको संस्कृति बिना सहकारीमा देखिने समस्या निराकरण गर्न र सहकारीमा देखिएको समस्या सुधार नगरेसम्म सरकारले चाहेको जस्तो अर्थतन्त्रलाई चलायमान गराउन चुनौति रहेको बताउनु भयो ।

उहाँले सहकारी तथा सरोकारवा निकायहरुले कम्फड जोन नछोडे कम्फड जोनमा बसेर सहकारीहरुको प्रगति नहुने बताउनु भयो । सचिव रेग्मीले सहकारीलाई प्रोत्साहन, बिस्तार, नियमन र अन्तर निकायहरुसँग समन्वय कसले गर्ने विषयमा यकिन हुन आवश्यक रहेको बताउनु भयो ।

उहाँले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले हट आइरनको रुपमा समस्याग्रस्त सहकारी व्यवस्थापन गर्नुपर्ने बताउनु भयो । उहाँले अब समितिलाई देखेर गलत काम गर्ने सहकारी त्रासको वातावरण बनाएर तर्सन सक्नुपर्ने बताउनु भयो ।

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अध्यक्ष काशीराज दाहालले प्रचलनमा रहेका सहकारी सम्बन्धी ऐन र कानूनहरु पुराना भएकाले यसलाई समयानुकुल बनाउन आवश्यक रहेको औंल्याउनु भयो । उहाँले स्थानीय सरकारले पनि सहकारी ऐन बनाउने प्रावधान रहेता पनि नियमन कसले गर्ने अन्योल रहेको बताउनु भयो ।

उहाँले अहिले चलिरहेको सहकारी ऐनलाई थप परिमार्जन गरी समय अनकुलको कानूनी बनाउन आवश्यक रहेको बताउनु भयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?