शिक्षक मृत्यु प्रकरण : चार शिक्षकसहित एघार जना प्रहरी नियन्त्रणमा

डम्बर बोहरा बैतडी, संवाददाता
Read Time = 3 mins

बैतडी । बैतडीमा शिक्षकको शंकास्पद मृत्युपछि ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कृष्ण माध्यामिक बिद्यालयका शिक्षक धनबहादुर बिष्टको शंकास्पद मृत्युभएपछि प्रहरीले अहिले ४ जना शिक्षक र ७ जना विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका हो ।
सोधपुछको काम अन्य शिक्षक तथा विद्यार्थीहरुसँग समेत भइरहेको र अहिले ४ जना शिक्षक र ७ जना विद्यार्थीहरु नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका निमित्त प्रमुख एवं प्रहरी निरिक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उनिहरुलाई इलाका प्रहरी कार्यालय पाटनमा राखेर सोधपुछको काम भइरहेको हो । उनिहरुको परिचय अहिले नै खोल्न नसकिने समेत उहाँले बताउनुभयो ।

पुस १ गते शुक्रबार विद्यालयका एक जना शिक्षकले स्वागत भोज (वेलकम पार्टी) कार्यक्रम राखेका थिए । उक्त भोज कार्यक्रममा मृत फेला परको बिष्ट समेत सहभागि थिए । स्वागत भोज अप्रान्ह सकिएको बुझिएको छ । त्यही भोज कार्यक्रममा सहभागि शिक्षक र छात्रबासमा बस्दै आएका विद्यार्थीहरुलाई नियन्त्रणमा लिएर सोधपुछको काम भइरहेको प्रहरी निरिक्षक खत्रीले बताउनुभयो । शनिबार दिउँसो शिक्षक बिष्ट कृष्ण माविको छात्रबास नजिकै मृत फेला परेका थिए । शिक्षक बिष्ट पनि बिगत देखि नै छात्रबास मै बस्दै आएका थिए ।

पोष्टमार्टमको रिर्पाेट पनि प्रहरीले सार्बजनिक गरेको छैन । मृतकका आफन्तका अनुसार छाती, मुख तथा नाकमा चोट लागेको दखिएकाले मृत्यु नभई हत्या नै गरिएको दाबी गर्दै आएका छन् । ठोस अनुसन्धान अघि नबढेसम्म शव समेत नबुझ्ने अर्का आफन्त हर्क बिष्टले बताउनुभयो ।

शिक्षक बिष्टको शंकास्पद मृत्यु भएको भन्दै सत्यतथ्य छानबिनको माग शिक्षक विद्यार्थी र आफन्तहरु आन्दोलित बनेका छन् । उनीहरुले पाटन खोड्पे ठाड र सिँउडेमा सडक अवरुद्ध पारेका छन् । अहिले दशरथचन्द राजमार्ग ठप्प रहेको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?