बजार अध्ययनका लागि टिसिएल टोली नेपालमा

Read Time = 2 mins

काठमाडौं । विश्वव्यापी टेक्नोलोजी ब्राण्ड टिसिएल चार दशकमा चीनको हुइज्होउमा अडियो टेप उत्पादन गर्ने सानो संयुक्त उद्यमबाट व्यापारको विस्तृत शृंखलामा संलग्न भई विश्वव्यापी औद्योगिक प्रमुखका रूपमा विकसित भएको छ । कम्पनीका अनुसार हाल टिसिएलको उपस्थिति विश्वका एक सय ६० भन्दा बढी देशमा रहेको र आफ्नै म्यानुफ्याक्चरिङ र रिसर्च एण्ड डेभलपमेन्ट सेन्टर विश्वभर छरिएर रहेका छन् । टिसिएल सन् २०१२ मा नेपालमा चौधरी ग्रुपको सिजी इलेक्ट्रोनिक्सअन्तर्गत सिजी इओएलले भित्र्याएको हो ।

ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलका टिभी, रेफ्रिजिरेटर, वासिङ मेसिन, एयर कन्डिसनर, चेस्ट फ्रिजर, वाटर डिस्पेन्सर र साउन्डबारलगायत उत्पादन नेपालमा उपलब्ध छन् र हालै सिजी इलेक्ट्रोनिक्सले नेपालमा एसेम्बली प्लान्ट पनि सुरु गरेको छ ।

हालै नेपालको बजार अध्ययन र बजार विस्तारका लागि टिसिएलको एसिया प्यासिफिक सेल्स सेन्टरका लागि नियुक्त सेल्स डाइरेक्टर मिसेस क्यारोलिन (किउ लिन) र सिनिअर सेल्स म्यानेजर मिस्टर रेक्स (लिउ रेन) ले नेपाली बजारको भ्रमण गर्नुभएको छ । टिसिएल टिमले काठमाडौं टंगाल, कुमारीपाटी र वसुन्धाराका सिजी डिजिटल शोरुमका साथै विभिन्न डिलर सपको भ्रमण गरेको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?