भारतीय नागरिक यादवको हत्या अभियोगमा एक जना पक्राउ

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 3 mins

बारा । बारा प्रहरीले भारत विहार मोतिहारी जिल्ला थाना दार्पा ग्राम पंचायत दार्पा १४ पिप्रा टोलका ४५ वर्षीय शिवपूजन राय यादवको हत्या अभियोगमा एकजना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

भारत विहार जिल्ला मोतिहारी थाना घोडासहन ग्राम सेखावना १ सेखावना टोलका बतु रामको छोरा ३८ वर्षीय प्रमोदराम भगतलाई यादवको हत्या अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख होविन्द्र बोगटीले सोमबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिनु भएको हो ।

यादवलाई गोली लागेपछि उनलाई तत्कालै उपचारको लागि परवानीपुर गाउँपालिका स्थित एलएस न्यूरो अस्पतालमा भर्ना गरिएको थियो ।

उहाँले भन्नुभयो ‘यादवलाई भर्ना गरिए पश्चात मृत्यू भयो कि भएन भनेर एकीन गर्न राम अस्पतालमा आएका थिए । उनी अस्पतालमा देखिएपछि उनको गतिविधि शंकास्पद देखिएको थियो । गतिविधि शंकास्पद देखिने वित्तिकै हामीले रामलाई नियन्त्रणमा लियौ । नियन्त्रणमा लिएपछि उनी केही बताउन मानेनन् । त्यतिञ्जेलसम्म आफनो मोबाइलमा रहेको सबै सूचनाहरु डिलिट गर्न सफल भएका थिए । तर जिल्ला प्रहरीमा आएर उनको मोबाइल ल्याटपमा जोडेपछि सबै जानकारी बाहिर आएको उनले फोनमा सम्पर्क गरेको नम्बरहरु समेत खुल्न आयो । उनीहरुले एनसेलको २ वटा सिम लिएका रहेछन् । एउटा भारतीय सुटरले प्रयोग गरेको र अर्को रामले प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ ।’

यादव महागढीमाई नगरपालिका बरियारपु टोलमा मामा पर्ने आफन्त कहाँ केही समय देखि बस्दै आएका थिए प्रउ बोगटीले भन्नुभयो,‘मृतक यादवमाथि भारतमा हत्या, हातहतियार लुटपाट, चोरी डकैती लगायका दर्जनौ उजुरी दर्ता रहेको छ । उनी फरार भारतीय अभियुक्त थिए । केही समय पहिला छैडादानो ग्राम पंचायतका उपाध्यक्ष रमेश यादवको हत्यामा मृतक यादवको संलग्नता रहेको थियो । रमेश कै परिवारका सदस्यले यादवको भारतीय सुटर मार्फत हत्या गराएको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।’
राम र यादव दुबै भारतीय प्रहरीको खोजी सूचीमा रहेका अभियुक्त रहेको प्रउ बोग्टीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?