मिस मंगोलको उपाधि डोल्मालाई

Read Time = 2 mins

काठमाडौं । मिस मंगोल नेपाल-२०२२ को उपाधि सिन्धुपाल्चोककी पासाङ डोल्मा शेर्पाले चुम्नुभएको छ । उहाँले काठमाडौंमा आयोजित यो प्रतियोगिताको ग्राण्ड फिनालेमा उत्कृष्ट प्रस्तुति दिँदै यो उपाधि चुम्नुभएको हो । पासाङले मिस ट्यालेन्टको उपाधिसमेत जित्नुभएको छ ।

जमलस्थित राष्ट्रिय नाचघरमा सम्पन्न भएको ग्राण्ड फिनालेमा धनगढीकी दीपिका थापा मगरले फष्ट रनर्स अप तथा सोलुखुम्बुकी डोल्मा छिरिङ शेर्पाले सेकेण्ड रनर्स अपको उपाधि चुम्नुभयो । डोल्माले मिस नुप्लास्टको उपाधिसमेत हात पार्नुभयो ।

प्रतियोगितामा पर्साकी आसेन्ला घलेले मिस मंगोल मधेश, काठमाडौंकी प्रार्थना शाहीले मिस मंगोल बागमती, पोखराकी प्रिसिल्ला गुरुङले मिस मंगोल गण्डकी, दाङकी मुना बुढामगरले मिस मंगोल लुम्बिनी र धनगढीकी दीपिका थापा मगरले मिस मंगोल सुदुरपश्चिमको उपाधि जित्न सफल हुनुभयो । एक्सन इन्टरटेनमेन्टले आयोजना गरेको प्रतियोगिताको शीर्ष प्रायोजनमा रिडी ग्रुप लिमिटेडको रहेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?