स्मिरनफ भोड्का अब नेपालमै उत्पादन

Read Time = 2 mins

काठमाडौं । विश्व प्रसिद्ध ‘स्मिरनफ’ भोड्का नेपालमै उत्पादन हुने भएको छ । विश्वकै नम्बर १ भोड्का स्मिरनफ हालैै एक कार्यक्रमबीच नेपालको अग्रणी पेय उत्पादक नेपाल लिंकर्स प्रालिले उत्पादन सुरु गरेको हो ।

कम्पनीका अध्यक्ष राजेशवीर सिंह तुलाधरका अनुसार तीनपटक डिस्टिल र १० पटक फिल्टर गरिएको भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण हुँदै गरेको छ । विराटनगरस्थित कारखानामा स्मिरनफ उत्पादन सुरु भएको हो । स्मिरनफ नेपालका लागि ब्राण्ड एम्बासडरको भूमिकामा सुरज सिंह ठकुरी रहनुभएको छ ।

नेपाल लिंकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेय नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जस्तै एन्टिक्यु टी ब्लु हिृवस्की, सिग्नेचर प्रिमियर/रेयर हिृवस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी हिृवस्की, ब्लु रिब्याण्ड जिनलगायत रहेका छन् । विश्वका करिब एक सय ३० भन्दा बढी मुलुकमा बिक्री हुने स्मिरनफ भोड्का नेपालमा सात सय ५०, तीन सय ७५ र एक सय ८० मिलिलिटरको मूल्य क्रमशः दुई हजार दुई सय, एक हजार एक सय र पाँच सय ५० रुपैयाँ मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?